रामकुमारी र किसान ‘घर फर्कने’

रामकुमारी र किसान ‘घर फर्कने’

ram naam satya

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) मा फर्कन लागेको जानकारी दिनुभएको छ ।

 

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभयो । आफूहरू एमाले प्रवेश गर्न लागेको नभई आफ्नो घर फर्कन लागेको उहाँको भनाइ थियो । “हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा (एमाले) मा प्रवेश होइन कि घर फर्कने अभियानमा जुटेका छौँ,” उहाँले भन्नुभयो ।

 

एमालेमा आफूहरू कुनै पदको आस गरेर जान नलागेको उहाँले स्पष्ट पार्नुभयो । “हामी घर फर्कने क्रममा एमालेसँग वार्ता संवादमा छौँ, देशभरिका नेता कार्यकर्तालाई पनि एमालेमा फर्कन आह्वान गर्न चाहन्छौँ, कुनै पद वा ससर्त घर फर्कने हाम्रो कार्यक्रम छैन, हामी निःसर्त फर्कन्छौँ, हामीलाई केही चाहिएको छैन हाम्रो मूल घरमा, हाँसेर बोलिदिए, सम्मान गरिदिए पुग्छ,” उहाँले भन्नुभयो ।

 

नेतृ रामकुमारी झाँक्रीले आजबाट सो पार्टीसँगको यात्रा टुङ्गिएको बताउनुभयो । उहाँले एमाले फुटेर एकीकृत समाजवादी बनाउँदा आफूले बिचमै यात्रा टुङ्ग्याउन नसकेको भन्दै आज त्यो अवसर आएकामा खुसीसमेत व्यक्त गर्नुभयो । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *