विकास र स्थायित्वको पक्षमा जनताको जित हुनेछ : गुरुङ

विकास र स्थायित्वको पक्षमा जनताको जित हुनेछ : गुरुङ

ram naam satya

लमजुङ : नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले २०७९ मा पाँच दलीय गठबन्धनलाई पराजित गरेको भन्दै त्यो बेला भन्दा चुनाव जित्न अहिले सहज रहेको बताउनुभएको छ । दोर्दीका विभिन्न गाउँमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले आफ्नो जितलाई रोक्न नसक्ने दावी गर्नुभयो ।

गुरुङले भन्नुभयो, “२०७९ मा पाँच दलीय गठबन्धनलाई जित्यौं, यसपटक पनि सजिलै जित्छौं । यो जित व्यक्तिको मात्र होइन, विकास र स्थायित्वको पक्षमा जनताको जित हुनेछ ।” चुनावी भेटघाट तथा सभालाई सम्बोधन गर्दै गुरुङले अघिल्लो निर्वाचनमा गठबन्धनविरुद्ध एमालेले स्पष्ट जित हासिल गरेको स्मरण गराउँदै यसपटक पनि मतदाताको साथ आफूहरूको पक्षमा रहने बताउनुभयो । उहाँले एमालेले विगतका चुनावमा पनि रापतापकै बिचमा जितेको भन्दै २०७९ को पाँच दलिय गठबन्धन र २०६४ मा पनि आधिवेरीलाई परास्त गर्दै जितेको स्मरण गर्नुभयो ।

एमाले नेता गुरुङले आफ्नो उम्मेदवारी विकासका अधुरा कामहरू पूरा गर्नका लागि रहेको स्पष्ट पार्नुभयो । विगतमा विभिन्न जिम्मेवारीमा रहँदा लमजुङको पूर्वाधार, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासमा ठोस काम गरेको उल्लेख गर्दै ती कामका परिणाम गाउँटोलसम्म देख्न सकिने दाबी गर्नुभयो । गुरुङले भन्नुभयो, “मैले गरेका काम जताततै भेटिन्छन् । अब तिनै आधारमा अघि बढेर समृद्ध लमजुङ निर्माण गर्ने लक्ष्य छ ।”

गुरुङले अप्रमाणित आरोप र राजनीतिक प्रहारले एमालेलाई असर नगर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “अप्रमाणित आरोपले एमालेलाई कमजोर बनाउँदैन । बरु जनताको विश्वासले एमालेलाई अझ बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नेछ ।” उहाँले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन सक्षम शक्ति आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई ‘देश जलाउने होइन, देश बनाउने शक्तिलाई रोज्न आग्रह गर्नुभयो । विकास, सुशासन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमाले अघि बढिरहेको उहाँको भनाइ थियो ।

गुरुङले एमाले उम्मेद्वारहरूलाई विजयी गराएर बलियो र स्थिर सरकार निर्माण गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेलाई अझ बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न उम्मेद्वारहरूलाई जिताउनुपर्छ । स्थायित्व, विकास र समृद्धिका लागि एमालेको विकल्प छैन ।” GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *