फेरि स्विजरल्याण्डको नाममा राजनीतिक ठगी

फेरि स्विजरल्याण्डको नाममा राजनीतिक ठगी

ram naam satya

प्रकाश श्रेष्ठ

नेपालको राजनीतिमा सत्ता र व्यवस्था परिवर्तनमा नेपाली जनतालाई नेता भनिनेहरुले राजनीतिक ठगी गरिरहेका हुन्छन् ती ठगिलाई एकबद्ध गरियो भने संसारको सबै भन्दा लामो पुस्तक महाभारत (१०००००  श्लोक) भन्दानी ठूलो हुन्छ होला। जनतालाई ठगेको, झुठ्ठा प्रतिबद्धता कतिहो कति। ती सबैलाई एकबद्ध गरियो भने एउटा साझे ठगी स्पष्ट देखिन्छ त्यो हो swizarland देशको बिकाश नक्कल। कुनैपनि व्यवस्था र पार्टी Switzerland जस्तै बनाउने प्रतिबद्धता नबेची सत्तामा आएका छैनन। तर हाम्रो स्थिति झन् पछि झन् गम्भीर अफ्ठ्यारोमा पर्दैछ।

 

आज भन्दा करिब करिब ८० वर्ष पहिले,राणाशासनको अन्ततिर राणाहरूले विकास कस्तो गर्ने भन्ने सन्दर्भमा २००४ साल तिरका सरदार भीमबहादुर पाँडे Scandinavian country (नर्वे, डेनमार्क, स्वीडेन) लगायत Western european country ( फ्रान्स, जर्मन, स्वीजरल्याण्ड,इटाली, अष्ट्रीया आदि ) को स्थलगत भ्रमण गरेर पाँडेले नेपालले स्वीजरल्याण्ड को जस्तो विकास मोडेल अपनाउनु उचित हुने भनेर प्रतिवेदन तयार पारे। त्यो बेलादेखि आजसम्म नेपाली नेताको मुखमा व्यवस्था र सत्ताको परिवर्तनमा स्वीजरल्याण्ड बनाउने नारा छुटेको छैन। चाहे ती समाजवादी हुन या राजतन्त्र या पुँजीवादी नै हुन् स्वीजरल्याण्ड झुण्डी रहयो।

 

८० वर्षमा सरकार त कति परिवर्तन भए गनी साध्य छैन व्यवस्था मात्र ५ ओटा परिवर्तन भइसके राणा शासन,२००७ साल पछिको प्रजातन्त्र, २०१७ साल पछिको पञ्चायत, २०३४ पछिको बहुदलीय व्यवस्था,२०६२/६३ को गणतन्त्र र २०८२ Gen z आन्दोलन पछिको नयाँ राजनीतिक परिस्थितिमा पनि स्वीजरल्याण्ड मुखबाट नछुट्नु आश्चर्य लाग्छ। की राजनीतिक थेगो हो? भन्ने पनि लाग्छ तर त्यसो होइन रहेछ। यो त थेगो नभएर राजनीतिक गठी रहेछ।

विकास उन्मुख देशमा विकास बिक्छ भन्ने ठगी गर्नेलाई थाहा छ तर अर्को आश्चर्यको कुरा यो पाँच ओटै परिवर्तन व्यवस्थामा कसैको लिखित दस्तावेज छैन केवल स्विजरल्याण्ड ओठे नारा मात्र छ। त्यो दस्तावेज बनाउन वैचारिक स्पष्टता पनि चाहिन्छ त्यो कसैसँग छैन। केवल जनता बेकुब बनाएर भोट बटुल्ने दाउ मात्र छ। ८० वर्षको अन्तरालमा स्वीजरल्याण्ड बनाउने खाका पाँडेको प्रतिवेदन मा मात्र सीमित रह्यो। उनी बाहेक अरूले यस योजनामा अनुसन्धान गरेकै छैनन। Gen  z आन्दोलन पश्चात्, ८० वर्ष पछाडि उदाएका, जान्नेलाई छान्ने भन्नेहरुले, त्यो दलका संसदीय नेताले त स्वीजरल्याण्ड लाई  “बडिमालिका” सँग तुलना गरे । कुन परिस्थितिमा कस्तो स्थितिमा तुलना गर्न सकिन्छ भन्ने  “”साम्यता र असम्याता दोष” (commensurability Vs incommensurability) बारे सामान्य ज्ञान पनि नराखी बोलेको देख्दा स्विजरल्याण्डको नाममा अर्को राजनीतिक ठगी निश्चित देखिन्छ।

(लेखक राष्ट्रिय समुन्नती पार्टीका महासचिव हुनुहुन्छ)

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *