निर्वाचन तोकिएकै समयमा हुन्छ

निर्वाचन तोकिएकै समयमा हुन्छ

ram naam satya

चितवन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ।

भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो। तर चुनाव भयो।”

राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गर्नुभयो।

नेपाली कांग्रेसमा देखिएको विवाद र विभाजनले कही कतै निर्वाचनमा प्रभाव पार्न सक्ने आकलन गरिरहेको बेला प्रचण्डले उक्त विषय छिट्टै समाधान हुने दाबी गर्नुभयो। ‘ठूलो पार्टी यतिबेला विभाजन हुनु ठीक होइन। तर यसले निर्वाचनमा असर पार्ने छैन’, उहाँले भन्नुभयो।

 

भरतपुर महानगरपालिका क्षेत्रमा भएको विकासका बारेमा बोल्दै प्रचण्डले भरतपुरलाई रोलमोडेलको रुपमा राष्ट्रले हेरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘भरतपुर महानगरपालिकाको विकासको मोडेल सिंगो राष्ट्रले महसुस गरेको छ। यो सबैका लागि अनुकरणीय छ।’ भरतपुर महानगर प्रमुख रेनु दाहालले गरेको विकासका कामको तारिफ गर्नुभयो।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भवन निर्माणसँगै आफ्नो कार्यकालमा गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो। संघीय सरकारको २१ करोड ५८ लाख, १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको चार करोड ५० लाख गरेर कुल ५३ करोड ३२ लाख ४१ हजार रुपियाँमा निर्माण भएको हो।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, संविधानसभा सदस्य गीता वाग्ले, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरनजीवी सुवेदीले सम्बोधन गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *