पोखरामा आजदेखि चार दिन बिजुली काटिने

पोखरामा आजदेखि चार दिन बिजुली काटिने

ram naam satya

लेखनाथ : कास्कीको पोखरा महानगरपालिकामा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुलीको लाइन काटिने हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।

महाशाखाका प्रमुख रोशन खड्काले पोखरा उपत्यकामा बिजुली वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक पाँच घण्टा बिजुली काटिने जानकारी दिनुभयो । शुक्रबारेखि मङ्गलबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गरिने उहाँको भनाइ छ ।

चार दिन बसबार मर्मतपछि सोमबार ११ बजेपछि बिजुली नियमित आपूर्ति हुने जनाइएको छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *