

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्वर्गीय पोष्ट बहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा उनीहरुविरुद्ध आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो । GP


