ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक

ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक

ram naam satya

काठमाडौं : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले २०८२ चैत २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको ग्रेटर नेपालको नक्सा सार्वजनिक गरेका छन्। उनका अनुसार यो नक्सा मार्च ४ मै तयार भए पनि विभिन्न कारणले आज सार्वजनिक गरिएको हो। यसअघि २०६३ सालमै पहिलो पटक ग्रेटर नेपालको नक्सा जारी गरिएको स्मरण गराउँदै उनले विभिन्न सन्धि–सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा नक्सालाई परिमार्जन गर्दै ल्याइएको बताएका छन्। उनले सुगौली सन्धिलगायतका कारण नेपालले गुमाएका भूभाग समेटिएको दाबी पनि गरेका छन्।

मोर्चाले ग्रेटर नेपालको अवधारणालाई भावनात्मक मात्र नभई ऐतिहासिक र राजनीतिक यथार्थमा आधारित विषय भएको उल्लेख गरेको छ। २०२३ मा भारतको नयाँ संसद भवनमा ‘अखण्ड भारत’ सम्बन्धी भित्तेचित्र सार्वजनिक भएपछि काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको र २०२२ मा रवि लामिछानेले पनि उक्त नक्साप्रति समर्थन जनाएका प्रसंगलाई मोर्चाले महत्वपूर्ण घटनाका रूपमा लिएको छ। वर्तमान राजनीतिक अवस्थाले ग्रेटर नेपालको विषय पुनः चर्चामा आएको र यसले आशाको संकेत दिएको मोर्चाको भनाइ छ।

फणीन्द्र नेपालले पत्रकारमार्फत नक्सा जनतामाझ पुर्‍याउन आग्रह गर्दै सबै संवैधानिक निकायलाई समेत नक्सा अध्ययन गर्न अनुरोध गरेका छन्। १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्ने माग राख्दै उनले यदि नक्सा गलत प्रमाणित भएमा आफूलाई कारबाही गर्न चुनौती दिएका छन्। भारतसँग अहिलेसम्म औपचारिक संवाद नभएको उल्लेख गर्दै उनले बिना वार्ता निष्कर्ष निकाल्नु गलत हुने बताएका छन्। साथै, सामाजिक सञ्जालमार्फत नक्सा सार्वजनिक गरिएको र आवश्यक परे सम्बन्धित पक्षहरूसँग छलफल गर्न तयार रहेको उनको भनाइ छ। NPC

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *