इण्न्डियाको अर्को खेल शरणार्थी निर्यात

इण्न्डियाको अर्को खेल शरणार्थी निर्यात

ram naam satya

फणीन्द्र नेपाल

मणि शर्माले सलीम मियाँ अन्सारीले बबरमहलको पार्टी प्यालेसमा एमालेको कार्यक्रममा २०० जना रोहिङ्गाहरूलाई लगेर केपी ओलीबाट पार्टी सदस्यता दिलाएको समाचार त्यस वेला पत्रिकाहरूमा निस्केको थियो , जसको एमालेले खण्डन गरेन भनेर लेख्नुभएको छ । मणिजीले अहिले एमालेबाट प्रदेश नम्बर २ का मुख्यमंत्री बनेका (अहिले राजीनामा दिइसकेको अवस्था ) सरोज यादवले ओलीक‍ो आदेशमा मुस्लिम तुष्टीकरणका लागि मदरसा बोर्डको विधेयक प्रस्तुत गरेका थिए भन्ने पनि उल्लेख गर्नुभएको छ । त्यो विधेयक यस्तो समयमा ल्याइएको छ, जब रोहिङ्गा र बङ्गलादेशीहरू इन्डियाबाट धमाधम नेपाल पस्दै छन् । यसबाट एमाले मत र पैसाका लागि नेपाललाई इस्लामीकरण गर्ने धन्दामा लागेको हो त भन्ने प्रश्न तेर्सिएको छ ।

आज केही हजार बङ्गलादेशी र रोहिङ्गाहरू नेपाल पसिसके । भोलि लाख पस्नेछन् । बिहार र युपीबाट आएकाहरूले त नेपालमा यतिबिघ्न उपद्रो मच्चाएका छन् भने झन् बङ्गलादेशी र रोहिङ्गाहरूको संख्या थपिएपछि के हुने हो ?

बङ्गलादेशको सिमाना नेपालसँग जोडिएको छैन , म्यानमारको सिमाना पनि नेपालसँग जोडिएको छैन , तर यी दुवै देशसँग इ*न्डियाको सिमाना जोडिएको छ । यसबाट अब इण्न्डिया नेपालमा शरणार्थी आतंक मच्चाउने खेलमा लागेको भन्ने बुझ्न सजिलो भएको छ । हिजो भुटानी शरणार्थीलाई पनि इन्डियाली भूमि हुँदै इण्न्डियाले नै नेपालमा पठाएको थियो , आज रोहिङ्गा र बङ्गलादेशी शरणार्थीलाई पनि इण्न्डिया हुँदै नेपाल पठाइँदै छ । शरण लिनैपर्ने अवस्था उत्पन्न भएको हो भने ती शरणार्थी इन्डियामा नबसेर किन नेपाल छिराइए ? उनीहरूलाई यस्तो सहजता कसले प्रदान गर्‍यो ?

शरणार्थी संबन्धी महासन्धि १९६७ को प्रोटोकलमा हस्ताक्षर नगरेको नेपालले इ*न्डिया पार गरेर आएका शरणार्थी किन स्विकार्नुपर्‍यो ? शरणार्थीहरूलाई स्वीकार गर्नैपर्ने अन्तर्राष्ट्रिय दायित्व नेपालको छैन भने नेपालले कसरी ती शरणार्थीलाई नेपाल छिर्न दियो ? इन्डियासँगको सहमतिबिना यसो हुनु सम्भव छैन । नेपाल सरकारले पनि कुनै शक्तिशाली दलको आड नपाई यस्तो घातक कदम उठाउन सक्तैन । पैसा र भोटका लागि अमूक राजनीतिक पार्टीहरू धार्मिक द्वन्द्व निम्त्याउने खालका यस्ता क्रियाकलाप गर्छन् भने मुलुकमा शान्ति कसरी कायम हुन्छ ? यहाँ कसरी स्थिरता आउँछ ?

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *