डिसेम्बर २ कालो दिन, किन र कसरी ?

डिसेम्बर २ कालो दिन, किन र कसरी ?

ram naam satya

फणीन्द्र नेपाल 

 

१८१४ नोभेम्बर १ देखि अौपचारिक रूपमा सुरु भएको नेपाल-अङ्ग्रेज युद्ध महाकाली नदीदेखि पश्चिम सतलज नदीदेखि पूर्वका बीचका विभिन्न मोर्चामा भएको लडाइँमा नेपाली पक्ष विजयी हुन नसकेपछि त्यस क्षेत्रका सेनापति अमरसिंह थापा शान्ति सम्झौता गर्न विवश हुनपुगे । फलस्वरूप १८१५ मे १५ का दिन अमरसिंह थापा र अंग्रेज पक्षका कमान्डर डेविड अक्टरलोनीका बीच एक शान्तिसंझौतामा हस्ताक्षर भयो । यो संझौताले काली नदीलाई सीमा नदी मानेको छ ।

 

नेपाल र अङ्ग्रेजका बीच सतलज नदीदेखि टिस्टा नदीसम्मका ५-७ मोर्चामा लडाइँ भए पनि कालीपूर्वका कुनै पनि मोर्चामा अङ्ग्रेजले जित्न सकेको थिएन । त्यसैले १८१५ मे १५ को शान्ति संझौताकै आधारमा सीमा सन्धि हुनुपर्थ्यो , तर इस्ट इन्डिया कम्पनी सरकारले बदनियतपूर्वक १८१५ को डिसेम्बर २ मा आफ्नो तर्फबाट हस्ताक्षर गरी नेपाललाई १५ दिनभित्रमा सहीछाप गर्न दबाब दिँदै अर्को सन्धि पठायो , जसलाई सुगौली सन्धि भनिन्छ । यो सन्धिमा नेपालले नहारेका भूखण्डहरू कालीदेखि टिस्टा नदीसम्मको सम्पूर्ण तराई र मेची नदीपारिका दार्जीलिङ र सिक्किम नेपालले छाड्नुपर्ने भनिएको छ ।

 

१५ दिनभित्र सहीछाप नगरेपछि फेरि युद्ध गर्दै अंग्रेजी सेना मकवानपुर आइपुग्यो । फलस्वरूप नेपालले २०१६ मार्च ४ मा राजप्रतिनिधि भनिएका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रमार्फत् सन्धिको प्रति बुझाइदियो । त्यही दिनदेखि नेपाल मेचीदेखि महाकाली नदीका बीचमा सीमित भयो । ३३४२५० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको नेपाल अंग्रेज पक्षबाट दुईपटक जमिन फिर्ता भएपछि १४७५१६ वर्ग किलोमिटरमा खुम्चिन पुग्यो ।

 

१८१५ डिसेम्बर २ को अपसगुनले भरिएको सुगौली सन्धि नामक एकरारनामाका कारण नेपाल दुवै पखेटा र खुट्टा (तराई ) काटिएको चराजस्तै बन्न पुगेकाले यस दिनलाई कालो दिन भन्नुपरेको हो ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *