

काठमाडाै : पशुपति खड्काले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्वमाथि तीव्र असन्तुष्टि जनाउँदै राजसंस्था पुनर्स्थापनाको माग गरेका छन्। उनले बालेन शाह ले गणतन्त्र बहिस्कार गर्दै काठमाडौंको मेयर बनेको आरोप लगाउँदै शासन प्रणालीप्रति प्रश्न उठाए। साथै उनले रवि लामिछानेलाई लक्षित गर्दै देशमा भएको आन्दोलनका क्रममा भएको दमन र गोलीकाण्डको विषयमा न्याय कसरी दिने भन्ने प्रश्न गरेका छन्।
खड्काले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको, बढ्दो महंगी, वैदेशिक ऋणको भार र विदेशी एनजिओहरूको प्रभाव बढेको भन्दै चिन्ता व्यक्त गरे। उनले २०७२ को संविधान खारेज गर्नुपर्ने माग गर्दै वर्तमान व्यवस्थाले देशलाई सही दिशामा लैजान नसकेको आरोप लगाए। साथै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको नेतृत्वमा देशलाई स्थिरता र पहिचान मिल्ने दाबी गर्दै राजसंस्थाको पुनर्स्थापनालाई नेपाली जनताको साझा मुद्दा भएको बताए।

आगामी चैत ६ गते शुक्रबार दिउँसो २ बजे काठमाडौंको रत्नपार्कमा राजावादी बिशाल जनप्रदर्शन आयोजना गरिने जानकारी दिँदै खड्काले सबैलाई सहभागी हुन आह्वान गरेका छन्। उनले बालेन शाह लाई सिंहदरबारमा र ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राखेर शासन सञ्चालन गरे भ्रष्टाचार नियन्त्रण हुने दाबीसमेत गरेका छन्। साथै उनले देशको भविष्य र राष्ट्रिय स्वाभिमान जोगाउन राजसंस्था आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। NPC


