पाकिस्तान–चीन मित्रता अटुट छ : पाक प्रधानमन्त्री शाहबाज शरीफ

पाकिस्तान–चीन मित्रता अटुट छ : पाक प्रधानमन्त्री शाहबाज शरीफ

ram naam satya

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ “उच्च–स्तरीय साक्षात्कार” कार्यक्रममा अतिथिका रूपमा सहभागी भए। उनले भने, “चीन र पाकिस्तान पहाड र नदीहरूबाट जोडिएका उत्कृष्ट छिमेकी हुन्, विश्वास र निष्ठाबाट बाँधिएका सच्चा मित्र हुन्, एक–अर्कालाई समर्थन गर्ने सशक्त साझेदार हुन्, र सुख–दुःख सँगै बाँड्ने दाजुभाइ हुन्। पाकिस्तान–चीन मित्रता अटुट छ— जबसम्म यो संसार रहन्छ, यो मित्रता कायम रहनेछ।”

 

उनका अनुसार, पछिल्ला वर्षहरूमा दुवै देशका शीर्ष नेताहरूको रणनीतिक नेतृत्वमा चीन–पाकिस्तान साझा भविष्यको समुदाय निर्माणमा ठोस प्रगति भएको छ, जसले साझा भविष्यको समुदायको भावना गहिरो रूपमा अभिव्यक्त गरेको छ।

 

शरीफले चीन–पाकिस्तान आर्थिक करिडोरको पाकिस्तानका लागि अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको बताउँदै भने, “हामीले यसमार्फत उल्लेखनीय विकास हासिल गरेका छौँ।”

 

उनले थपे, “चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेको मानव जातिको साझा भविष्यको अवधारणाले आजको विश्वका लागि असाधारण महत्त्व बोकेको छ। राष्ट्रपति सी चिनफिङले बहुपक्षवादको समर्थन गर्नुभएको कुरा यो युगका लागि अत्यावश्यक सिद्धान्त हो।” CRI

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *