तोकेको समयमा निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य : गृहमन्त्री अर्याल

तोकेको समयमा निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य : गृहमन्त्री अर्याल

ram naam satya

धनगढी : गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री अर्यालले तोकेको समयमा निर्वाचन गराउनका लागि सरकारले काम गरिरहेको बताउनुभएको हो ।

 

उहाँले जेनजी युवाले उठाएको माग र भदौ २३, २४ को घटना पश्चात नेपाल सरकार र गृह मन्त्रालयले शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह र प्रभावकारिताको लागि निष्ठापूर्वक काम गरिरहेको बताउनुभयो । जेनजी आन्दोलनको क्रममा घटेको घटना पश्चात सुरक्षा संयन्त्रहरूको कार्य सम्पादन र दैनिक प्रशासनिक कार्यमा असर परेको भए पनि अब सबै लयमा फर्केको गृहमन्त्रीको भनाइ थियो ।

 

“सुरक्षाको अवस्था पनि सामान्य बनेको छ”, उहाँले भन्नुभयो, “सबैको प्रयास, सहयोग र रचनात्मक सुझावका लागि धन्यवाद दिन चाहन्छु ।”

 

लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य रहेको भन्दै गृहमन्त्री अर्यालले चुनावको तयारीका सन्दर्भमा केही मनोवैज्ञानिक चुनौती आएकाले सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । हिंसा र अराजकता रोकथाम, नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रलाई परिचालन गरिरहेको उहाँको भनाइ थियो । मनोवैज्ञानिक चुनौतीका सन्दर्भमा ढुक्क हुन आग्रह गर्दै गृहमन्त्रीले भन्नुभयो,“सबै राजनीतिक दल, नागरिकलाई आह्वान गर्न चाहन्छु की देश बनाउने अभिभारा सबैको हो ।”

 

सुरक्षा बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की लगायतले बोल्नु भएको थियो । सुरक्षा बैठकमा गृह सचिव, चारवटै सुरक्षा निकायका प्रमुख, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *