सांसदको शपथ र अधिवेशनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

सांसदको शपथ र अधिवेशनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

ram naam satya

काठमाडौँ : सिंहदरबारको सुरक्षा प्रबन्धका विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ ।

गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र मन्त्रालयका उच्च अधिकारी सम्मिलित बैठकले नवनिर्वाचित सङ्घीय सांसदको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबारभित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल गरेको हो ।

बैठकमा गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण, संसद् अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक र सुरक्षा व्यवस्थापन चुस्त बनाउन निर्देशन दिनुभयो । सो क्रममा प्रहरीका उच्च अधिकारीले सुरक्षाको आवश्यक प्रबन्ध मिलाइएको जानकारी गराउनुभएको थियो । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *