एनपिएल : पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

एनपिएल : पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

ram naam satya

काठमाडौँ : साहब आलम एक्लैले ६ विकेट लिएपछि काठमाडान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।

 

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा काठमान्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हरायो ।

 

लिगको सबै खेल सकेको काठमान्डु १० अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ । काठमान्डु प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ ।

 

काठमान्डुसँगको हारसँगै पोखराको प्लेअफ सम्भवना कमजोर बनेको छ । पोखराको ६ खेलबाट चार अङ्क छ । जितका लागि एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रनमा समेटिएको थियो ।

 

पोखराका लागि रिशि धवनले अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ३१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५४ रन बनाउनुभयो । यस्तै धनञ्जय लक्ष्मणले ३०, कप्तान कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाउनुभयो ।

 

बलिङमा काठमान्डुका साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिनुभयो । उहाँले चार ओभरमा २५ रन खर्चिएर विकेट लिनुभएको हो । यस्तै सन्नी पटेल र कप्तान करण केसीले दुई दुई विकेट लिनुभयो ।

 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो ।

 

काठमान्डुका लागि ओपनर बेन चार्ल्सवर्थले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन नबाउनुभएको हो ।

 

यस्तै भिम सार्कीले पनि ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले २३ बलमा पाँच चौका र चार छक्का हान्नुभयो । मिलिन्ड कुमारले १३ रन जोड्नुभयो ।

 

बलिङमा पोखराका धनञ्जय लक्ष्मणले चार विकेट लिनुभयो । कुशल भुर्तेलले दुई तथा किरण ठगुन्ना र विपिन कार्कीले एक एक विकेट लिनुभयो । आजै अपरान्ह ४ बजे हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *