एनपिएल : विराटनगरमाथि लुम्बिनीको सानदार जित

एनपिएल : विराटनगरमाथि लुम्बिनीको सानदार जित

ram naam satya

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ । टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको हो ।

 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो

 

विराटनगरका लागि लोकेश बमले ३५ रन बनाउनुभयो । उहाँले ४२ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । यस्तै बसिर अहमदले २८, साम हिजलेटले २७, प्रतिश जिसीले ११ र मर्सेन्ट डे लन्जले १० रन बनाउनुभयो । अन्तिममा एक बल खेल्नुभएका सन्दीप लामिछानेले एउटा छक्का हान्नुभयो ।

 

आजै पहिलो खेल खेल्नुभएका फाफ डुप्लेसी १२ रनमा आउट हुनुभयो । ओपनिङमा खेल्नुभएका डुप्लेसी खासै चल्न सक्नुभएन । बलिङमा लुम्बिनीका लागि शेर मल्लले तीन विकेट लिनुभयो । उहाँ प्लेयर अफ द म्याच बन्नुभयो । उसका लागि अविशेष गौतम, जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक एक विकेट लिनुभयो ।

 

१४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीको जितमा डार्सी सटले अर्धशतक बनाउनुभयो । ४४ बलको सामना गर्दै उहाँले ६ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाउनुभएको हो । लुम्बिनीका लागि निरोशन डिकवेलाले २९ रन बनाउँदा सन्दीप जोराले २४ रन जोड्दा दिलिप नाथले १६ र सुमित महाराजनले १० रन थप्नुभयो ।

 

विराटनगरका लागि सुवास भण्डारी र सन्दीप लामिछानेले दुईदुई विकेट हात पार्दा बसिर अहमेदले एक विकेट हात पर्नुभयो ।

 

यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी तालिकाको चौथो स्थानमा उक्लिएको छ । ६ खेल खेलबाट आठ अंक बनाएको विराटनगर तालिकाको तेस्रो स्थानमा छ । यो जितसँगै लुम्बिनीको प्लेअफको सम्भावना बलियो बनेको छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *