जेन्जी आन्दोलनपछि चुलिएकाे राजनीतिक बहस

जेन्जी आन्दोलनपछि चुलिएकाे राजनीतिक बहस

ram naam satya

काठमाडाैं : जेन्जी आन्दोलनपछि देशमा परिवर्तनको चाहना स्पष्ट देखिएको र त्यसको परिणामस्वरूप राजनीतिक परिवर्तन पनि देखिन थालेको वक्ताहरूले बताएका छन्।

गणेश धिमालले भदौ २३–२४ मा भएको जेन्जी आन्दोलन स्वतःस्फूर्त जनआन्दोलन भएको र त्यसले सरकार परिवर्तनको मार्ग खोलेको बताए। उनले सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भई म्यान्डेटअनुसार निर्वाचन सम्पन्न भएको भन्दै धन्यवाद व्यक्त गरे। जनताले भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनाको अपेक्षासहित बालेन शाह र रवि लामिछानेलाई विश्वास गरेको उल्लेख गर्दै उनले बालेन शाहलाई प्रधानमन्त्री बनाउन पहल अघि बढेको दाबी गरे। धिमालले देश निर्माणका लागि केही समय धैर्य गर्न आग्रह गर्दै २३–२४ का घटनामा संलग्न व्यक्तिमाथि कारबाही हुने र एसपीपीलाई राष्ट्रिय हितका विषयमा अध्ययन गरेर मात्र निर्णय लिइने बताए। साथै उनले रास्वपा देश जलाउने पक्षमा नरहेको स्पष्ट पार्दै बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरे ।

गोपिलाल न्यौपानेले पदमा बसेका व्यक्तिले अरूले गर्नुपर्ने नियुक्ति आफैं गर्नु गलत भएको टिप्पणी गरे। उनले भारतमा पेट्रोलको मूल्य नबढ्दा पनि नेपालमा अन्तर्राष्ट्रिय परिस्थिति देखाएर मूल्य वृद्धि गर्नु अनुचित भएको बताउँदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरे। साथै उनले नयाँ सरकारलाई अनावश्यक सरकारी घर निर्माण नगर्न, सांसदहरूले भत्ता नखान र जनताको करबाट प्राप्त हुने तलब–भत्ता खारेज गर्न आग्रह गर्दै विस्तारवाद र साम्राज्यवादबाट टाढा रहनुपर्ने धारणा व्यक्त गरे।

दिनेश त्रिपाठीले निर्वाचन प्रक्रिया र नयाँ राजनीतिक परिस्थितिबारे बोल्दै मतपेटिकाबाट आएको आदेश सबैले स्वीकार गर्नुपर्ने बताए। उनका अनुसार बालेन शाहको पार्टीले दुई तिहाइ बहुमत ल्याउनु नेपाली इतिहासमै पहिलो घटना हो, जसले नयाँ अवसरसँगै चुनौती पनि ल्याउन सक्छ। उनले ब्ल्याकलिस्टमा रहेका व्यक्ति सांसद हुन नपाउने, आफ्नै नाम आफैं सिफारिस गर्नु हास्यास्पद भएको र कोही पनि आफ्नै मुद्दाको न्यायाधीश बन्न नसक्ने बताए। नयाँ मतपरिणाम आइसकेको र छिट्टै नयाँ प्रधानमन्त्रीले सपथ ग्रहण गर्ने उल्लेख गर्दै उनले विपी कोइरालापछि साहसी नेताका रूपमा बालेन शाहको नाम अघि आएको टिप्पणी गरे। साथै सिंहदरबार, संसद भवन र अदालत जलाउने घटना जेन्जी आन्दोलनको एजेन्डा नभई अरूले गराएको हुनसक्ने भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

NPC

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *