नेपाल र वेस्ट इन्डिज सिरिज : पहिलो प्रतिस्पर्धा आज

नेपाल र वेस्ट इन्डिज सिरिज : पहिलो प्रतिस्पर्धा आज

ram naam satya

काठमाडौँ : नेपाल र वेस्ट इन्डिजबिचको टी–२० क्रिकेट सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजका लागि नेपाली टोलीले युएईमा शुक्रबार अन्तिम तयारी गरेको छ।

नेपाल र वेस्ट इन्डिजबिचको खेल शनिबार राति ८:१५ बजे यूएइमा हुँदैछ । थप दुई खेल असोज १३ र १४ गते हुनेछन् ।

नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो। वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदान कीर्तिपुरमा टी–२० सिरिज खेलेको थियो ।

दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्धको यस सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *