वैद्यद्वारा नेतृत्व हस्तान्तरण

वैद्यद्वारा नेतृत्व हस्तान्तरण

ram naam satya

काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले नेतृत्व हस्तारण गर्नुभएको छ । गत असोज २९ देखि कात्तिक १ गतेसम्म काठमाडौँमा आयोजना गरिएको केन्द्रीय समिति बैठकमा वैद्यले महासचिव पद सिपी गजुरेललाई हस्तान्तरण गर्नुभएको हो ।

 

क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् प्रचार विभाग सचिव बालकृष्ण ओलीले मोहन वैद्यले आफ्नो स्वास्थ्यका कारण देखाउँदै नेतृत्व हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

 

“बैठकमा महासचिवको राजनीमापत्र पढेर सुनाइयो । सर्वसम्मत रूपमा राजीनामा स्वीकृत गर्दै महासचिवको जिम्मेवारी सिपी गजुरेललाई दिने निर्णय भयो,” ओलीले भन्नुभयो, “उहाँ (मोहन वैद्य) स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि भर्चुअल रूपमा सम्बोधन गर्नुभयो ।”

 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विभाजन गरेपछि वैद्यले २०६९ सालदेखि पार्टीको नेतृत्व गर्दै आउनुभएको थियो । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *