मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

ram naam satya

मेक्सिको सिटी : मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको थियो । मेयरको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अधिकारीले आक्रमणका लागि जिम्मेवारको खोजी गर्न अपरेसन सुरु गरेका थिए ।” विज्ञप्तिमा भनिएको छ, “११ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा १० जनाको घटना स्थलमै मृत्यु भएको र अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।” गोली लागेर १२ जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको बताइएको छ ।

शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चार वटा झोला फेला परेको थियो । गुआनाजुआतो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो, तर सामूहिक हिंसाका कारण देशको सबैभन्दा घातक राज्य पनि बनेको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोको हत्याको दर एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताउनुभएको थियो तर हत्या दर अहिले पनि अन्य मुलुकको तुलनामा उच्च छ । रासस/एएफपी

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *