निर्वाचनले विभाजन होइन, एकताको मार्ग खोल्नुपर्छ

निर्वाचनले विभाजन होइन, एकताको मार्ग खोल्नुपर्छ

ram naam satya

काठमाडौं : श्रम संस्कृति अभियानसँग आबद्ध नेता मणिराम बहादुर प्रधानले निर्वाचनलाई नेपाली समाज विभाजन गर्ने माध्यमका रूपमा नभई लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार चुनावका बेला विचार फरक हुन सक्छन्, तर परिणामपछि सबै राजनीतिक शक्ति र नागरिक एकजुट भएर देश निर्माणमा लाग्नुपर्छ। उनले साना–साना काम, जस्तै बाटो सफा गर्ने अभियानमा समेत श्रमदानको संस्कार विकास गर्न सके समाजले अन्तर्राष्ट्रिय सम्मान पाउने दाबी गरे। “हरेक ठाउँमा महानगरको प्रहरी हुँदैन, नागरिक आफैं सचेत र जिम्मेवार हुनुपर्छ,” उनले उल्लेख गरे।

प्रधानले आफू पुगेका विभिन्न स्थानमा ढल व्यवस्थापनलगायत आधारभूत समस्या देखिएको बताउँदै समाधानका लागि विज्ञहरूको सुझाव र स्थानीयको सक्रिय सहभागिता आवश्यक हुने धारणा राखे। “हरेक काममा सरकारलाई मात्र हेरेर हुँदैन, नागरिक आफैं पनि अग्रसर हुनुपर्छ,” उनले भने। उनले धरानका प्रमुख हर्क साम्पाङको कार्यशैलीलाई उदाहरण दिँदै “हर्कवाद” भनेको प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित समन्वय भएको बताए। उनका अनुसार यही आधारले विकास र परिवर्तन सम्भव छ।

यसैबीच, उनले श्रम संस्कृति पार्टीको मार्गचित्र सार्वजनिक गर्दै लोकतन्त्र, प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, समानुपातिक समावेशी र धर्मनिरपेक्ष राज्यको अवधारणा अघि सारे। श्रम संस्कृति नै सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक रूपान्तरणको मुख्य माध्यम हुने विश्वास व्यक्त गर्दै उनले “एक गाउँ–एक उद्योग, एक व्यक्ति–एक उद्यम”, स्वाधीन अर्थतन्त्र, प्राकृतिक स्रोत संरक्षण, प्रविधि विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने बताए। आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘माटो’मा मतदान गरी देश निर्माणमा योगदान दिन उनले आग्रह गरे। NPC

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *