‘मन बिनाको धन’ ट्रेलरलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया

‘मन बिनाको धन’ ट्रेलरलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया

ram naam satya

अशोक दर्जी नेपाली भाषी दर्शकमाझ लोकप्रिय नाम हो। सडकमा गाउँदै गर्दा भेटिएका अशोकलाई संगीतकार तथा गायक टंक बुढाथोकीले गायनमा मात्र स्थापित गराएनन्, उनको व्यक्तिगत जीवनमा नै परिवर्तन ल्याइदिए। आफैले आफ्नै सन्तान जस्तै पालेर, हुर्काएर राखेका टंकले उनको जीवन र दुवैले भोगेका कथालाई चलचित्रको पर्दामा उतारेका छन्। अशोकको जिरो देखि हिरो सम्मको कथा समेटेर तयार पारिएको चलचित्र ‘मन बिनाको धन’ को बुधबार ट्रेलर सार्वजनिक गरियो। सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन्। रिलिज भएको पहिलो दिनमा नै ४ लाख बढी भ्युज पाएको ट्रेलरमा ३ हजार बढी प्रतिक्रिया रहेका छन्। प्राप्त प्रतिक्रिया सत प्रतिशत सकारात्मक रहेका छन्। यसले दर्शकमा अशोक र टंकको जीवन र भोगाइलाई पर्दामा हेर्ने कौतुहलता रहेको प्रष्ट देखिन्छ।

बर्तमान समाज मन अनि धन बीचको टकराव र अशोक दर्जी कसरी जिरो देखिको हिरोको यात्रामा अगाडि बढेका छन भन्ने बिषयलाइ भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ । बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्रको कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रकी निर्मात्री विष्णुमाया मैनालीले हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सह- निर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

चलचित्र अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *