‘मन बिनाको धन’ को पोष्टरमा यस्तो देखिए अशोक दर्जी

‘मन बिनाको धन’ को पोष्टरमा यस्तो देखिए अशोक दर्जी

ram naam satya

अशोक दर्जी प्रमुख भूमिकामा रहेको चलचित्र ‘मन बिनाको धन’को फस्टलुक सार्वजनिक भएको छ । कात्तिक २१ गतेबाट रिलिजमा आउने चलचित्रको पोष्टरमा मुख्य कलाकार अशोक दर्जीलाई मात्र स्थान दिइएको छ । पोष्टरमा ‘कथा जिरो देखि हिरो’सम्मको उल्लेख गरिएको छ। यसले अशोक दर्जीको जीवनमा आएका उतारचढावको कथा चलचित्रले भन्ने अनुमान गर्न सकिन्छ।

टंक वुढाथोकीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए आर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, विना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय छ ।

सामाजिक विषयवस्तुमा निर्माण भएको यो फिल्मलाई टंक वुढाथोकी आफैले लेखेका हुन् । विष्णु माया मैनाली निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता सपना शर्मा हुन् । चलचित्रमा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *