राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ

राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ

ram naam satya

सप्तरी : उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताउनुभएको छ।

आफ्नो पार्टीको प्रचारप्रसार तथा नेता-कार्यकर्ता भेटघाट कार्यक्रमका लागि सप्तरी आउनुभएका घिसिङले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी राजनीतिलाई अब भाषणमा मात्र सीमित राख्न नमिल्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “देशको आर्थिक, शैक्षिक तथा हरेक क्षेत्रमा परिवर्तनका लागि जनता र राष्ट्रको हितमा काम गर्ने नेतालाई निर्वाचित गर्न आवश्यक छ।”

राजनीति गर्ने ठुला नेताले भाषण र घोषणापत्र सार्वजनिक गर्ने तर काम नगर्ने प्रवृत्ति हावी हुँदै गएकाले भाषणभन्दा कामलाई प्राथमिकता दिने नेता छानिनुपर्नेमा उहाँले जोड दिनुभयो।

खेतखेतमा सिँचाइ पुर्‍याएर किसानलाई कृषिमा आत्मनिर्भर बनाउन सके मात्र समृद्ध राष्ट्रको कल्पना गर्न सकिने उहाँको भनाइ थियो। उहाँले अगाडि भन्नुभयो, “कृषिमा लागेका किसानलाई न्यून शुल्कमा विद्युत् उपलब्ध गराउन र कृषिलाई व्यवसायीकरण गर्दै बजारीकरण गर्न आवश्यक छ। आर्थिक रूपमा सबलीकरणका लागि आयात घटाउने र निर्यात बढाउने कार्यका साथै उत्पादनको राज्यले सुनिश्चितता गर्नुपर्छ।”

नेपालका धेरै पुल अलपत्र अवस्थामा रहेकाले जनताले दुःख पाइरहेको उल्लेख गर्दै अधुरा र अलपत्र भौतिक पूर्वाधार निर्माण गरी व्यवस्थित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। तराईका पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको र बनिसकेका नहरमा पानी ल्याउनका लागि गर्नुपर्ने व्यवस्थापनमा समेत आफ्नो पार्टीले पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

मन्त्री र विद्युत् प्राधिकरणको जिम्मेवार पदमा रहँदा लोडसेडिङ अन्त्य, सिँचाइमा विद्युतीकरण, निःशुल्क मिटर वितरण, २० युनिटसम्म विद्युत् महसुल छुट र किसानका लागि निःशुल्क सिँचाइ लगायतका उल्लेखनीय काम गरेको उहाँले स्मरण गराउनुभयो।

गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, रोजगारीमा वृद्धि र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफ्नो पार्टीले निरन्तर काम गर्ने उहाँले बताउनुभयो।

पत्रकार सम्मेलनपछि उज्यालो नेपाल पार्टीले राजविराजमा बृहत् र्‍याली निकालेको छ। स्थानीय राजरङ्गशालाबाट निकालिएको जुलुसले राजविराज नगरपालिकाको परिक्रमा गरेको थियो। GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *