धादिङ–१ का कांग्रेस उम्मेदवार कृष्ण रिजालको पत्रकार सम्मेलन

धादिङ–१ का कांग्रेस उम्मेदवार कृष्ण रिजालको पत्रकार सम्मेलन

ram naam satya

काठमाडाैं : धादिङ–१ मा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले पत्रकार सम्मेलन आयोजना गरेका छन्। आफ्ना प्रतिबद्धता सार्वजनिक गर्ने र आम नागरिकका जिज्ञासा मेट्ने उद्देश्यले गरिएको कार्यक्रममा उनले सुशासन र सदाचारलाई आफ्नो प्रमुख कार्यदिशा बनाउने बताए।

रिजालले २३–२४ गतेको विद्रोहलाई केवल एउटा घटना नभई देश विकासका लागि भएको आन्दोलनको रूपमा व्याख्या गरे। उनले मानसिक र शारीरिक दुवै रूपमा सक्रिय भएर धादिङका समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाए। सात दशकपछि बनेको संविधानलाई कार्यान्वयन गर्दै संस्थागत विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो। “सार्वजनिक संस्था बलियो हुनुपर्छ, संसद घृणाको होइन विकासलाई अगाडि बढाउने थलो हो,” उनले भने।

राजनीतिमा मर्यादित, समयसापेक्ष सोच भएका व्यक्तिलाई मत दिन आग्रह गर्दै रिजालले युवालाई देशमै रोजगारी सिर्जना गर्ने र धादिङलाई काठमाडौँसँग मजबुत रूपमा जोड्ने योजना प्रस्तुत गरे। घरदैलो अभियानका क्रममा युवा र अग्रजबाट उत्साहजनक समर्थन पाएको उनले दाबी गरे। NPC

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *