एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु

ram naam satya

काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक केहीबेर अघि सुरु भएको हो ।

 

एमाले महासचिव शङ्कर पोखरेलले कार्यक्रम सुरुवातीमा ललितपुरको गोदावरीमा विधान अधिवेशन ऐतिहासिक भव्य रुपमा सम्पन्न भएको तर नेता, कार्यकर्ता आ–आफ्नो कार्यथलोमा फर्कन नपाउँदै देशमा असामान्य र दुःखद परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

 

उहाँका अनुसार देशको चुनौतीपूर्ण अवस्थामा सबै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । बैठकमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुँदैछ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *