देश जित्ने कि हार्ने गम्भीर मोडमा छ

देश जित्ने कि हार्ने गम्भीर मोडमा छ

ram naam satya

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्नेकि देश हार्ने निर्णायक मोडमा पुगेको बताउनुभएको छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल सहितलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष अ‍ोलीले देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो। अध्यक्ष ओलीले देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश गर्ने सबैलाई पार्टीमा स्वागत रहेको भन्दै अग्रवाल देशभक्त पार्टीमा प्रवेश गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘शान्ति, लोकतन्त्र, सुशासन र विकासको पक्षमा उभिएको पार्टीको पक्षमा उहाँ लाग्नुभएको छ’ उहाँले भन्नुभयो। GP

नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ। एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको चर्चा गर्नुभयो ।

 

नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गर्नुभयो। ‘आज हिँड्दै छु, कहाँ जाँदै छु थाहा छैन दलहरुलाई । भोलि कहाँ पुग्ने हो, थाहा छैन’ उहाँले भन्नुभयो, ‘एमाले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य लिएर अघि बढिरहेको पार्टी हो ।’

अध्यक्ष ओलीले एमाले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक रूपमा आउने उल्लेख गर्दै उहाँले धार्मिक–ऐतिहासिक सन्दर्भ पनि प्रस्तुत गर्नुभयो। ‘त्रेता युगमा भगवान् राम र द्वापर युगमा पाण्डवहरू पनि वनवास पठाइएका थिए’ उहाँले भन्नुभयो, ‘राम्रो काम गर्ने र असल मनसाय राख्नेहरूले दुःख भोग्नुपर्छ।’

 

एमाले प्रशंसाको पछि नभई सत्यको पछि हिँड्ने पार्टी भएको स्पष्ट पार्दै अध्यक्ष ओलीले देशको रक्षा र विकास नै पार्टीको मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले अर्थतन्त्रको अवस्था र सरकारप्रतिको विश्वास शेयर बजारले प्रतिबिम्बित गर्ने उल्लेख गर्दै पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण सूचकका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। अग्रवालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको एमाले प्रवेशलाई पार्टीले आर्थिक र राजनीतिक विश्वासको अभिव्यक्तिका रूपमा लिएको उहाँको भनाइ छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *