पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे आग्रह

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे आग्रह

ram naam satya

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्ने बताउनुभएको छ । युवा सङ्घ नेपालले आज भक्तपुरको गुण्डुमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताउनुभएको हो ।

भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धनलगायत जेनजीका मागप्रति समर्थन जनाउँदै उहाँले भन्नुभयो, “भदौ २३ र २४ मा जेनजीको नाममा भएको आन्दोलनमा उनीहरुलाई पाखा लगाएर घुसपैठ भयो । नयाँ पुस्ताले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लगाएका होइनन् ।”

देश बनाउन राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने भन्दै अध्यक्ष ओलीले त्यसको अगुवाई एमालेले गर्ने बताउनुभयो । बाहिर विभिन्न हल्ला भए पनि वास्तविकता त्यस्तो नभएको उहाँले बताउनुभयो । ‘अरुलाई देश जिम्मा लगाएर हामी भाग्दैनौं, यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा हामीले ल्याउँछौं, मुलुकमा शान्ति सुव्यवस्था गरी सुशासन देशमा ल्याउँछौं’ भन्दै अध्यक्ष ओलीले थप्नुभयो, ‘आफू नेतृत्वको सरकारले गरेको सबै काम रेकर्डेड छन् । सरकारले ती काम बाहिर ल्याओस् ।’

 

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले सरकारले शान्ति सुरक्षा कायम गर्ने काम गर्नुपर्ने बताउनुभयो । शान्ति कायम गर्न सरकार असफल भएमा एमालेले त्यो काम गर्ने उहाँले चर्चा गर्नुभयो । एमालेले कसैको सम्पत्ति क्षति नगर्ने, सार्वजनिक सम्पत्तिमा क्षति नगरेर देशमा शान्ति कायम गर्नमा आफूहरु लाग्ने उहाँको भनाइ छ ।

 

एमाले सचिवालय बैठक आइतबार बस्ने
नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि पार्टी सचिवालय बैठक बोलाउनुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठक गुन्डुस्थित निवासमा बस्ने उहाँको भनाइ छ ।

बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको असरबारे छलफल हुने गौतमले बताउनुभयो । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा पनि तय गर्ने उहाँको भनाइ छ ।

बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने गौतमले जानकारी दिनुभयो ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *