सामाजिक सद्भाव भड्काउनेसँग सजग बनौँ

सामाजिक सद्भाव भड्काउनेसँग सजग बनौँ

ram naam satya

दमक : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर बनाउने र सामाजिक सद्भावलाई भड्काउने तत्वहरूबाट सजग बन्न आग्रह गर्नुभएको छ । उहाँले अराजक गतिविधिको आयु लामो नहुने उल्लेख गर्दै अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिनुपर्ने जनाउँदै यस्तो बताउनुभएको हो ।

झापा क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका ओलीले बिहीबार दमक–८ स्थित जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको नेपाल कम्युनिस्ट पार्टीका नेता गगन पुरीको घरको अवलोकन गर्दै यसरी घरवास विहीन बनाउने कार्य गर्नु क्षम्य काम नभएको उल्लेख गर्नुभयो ।

तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि आफूहरुलाई मान्य नहुने स्पष्ट पार्दै दोषीहरू कुनै दिन कारबाहीमा पर्ने ओलीले जनाउनुभयो । सधैं अराजकता टिक्दैन र यो जनताले बुझ्नु भएको छ, ओलीले भन्नुभयो । ओलीले मुलुकमा केही भएको छैन भनेर निराश नहुन अनुरोध गर्नुभयो ।

घरधनी नेता पुरीले घटनासँग सम्बन्धित सबै प्रमाण सङ्कलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया अघि बढाएको बताउनुभयो । आगजनी र तोडफोडका क्रममा घरभित्र रहेका सबै सम्पत्ति लुटिएको, घरायसी सामग्री जलाइएको र घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको जनाउनुभएको थियो ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *