अध्यक्ष ओली गृहजिल्ला झापामा

अध्यक्ष ओली गृहजिल्ला झापामा

ram naam satya

दमक : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री गृह जिल्ला झापा आउनुभएको छ । उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली झापाको दमक आउनुभएको हो ।

झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि विहान १०:२५ को जहाजबाट उहाँ भद्रपुर विमानस्थल अवतरण गर्नुभएको छ । अध्यक्ष ओली भद्रपुर विमानस्थल ओर्लनासाथ पार्टी कार्यकर्ताहरु उहाँलाई स्वागतका लागि जम्मा हुनुभएको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले त्यहाँको अवस्थाबारेमा जानकारी लिनुभएको छ । त्यसैगरी क्षेत्र नं. ३ बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिनुभएको कार्कीले बताउनुभयो ।

आजै क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम रहेको छ । क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुङ्गामा जानकारी लिनुहुनेछ । आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिनुभयो ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *