अध्यक्षमा ओलीलाई ८४३ पोखरेललाई २९६ मत

अध्यक्षमा ओलीलाई ८४३ पोखरेललाई २९६ मत

ram naam satya

काठमाडौं : नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली ८४३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल २९६ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार सोहीअनुसार उपाध्यक्षमा अरुण नेपाल २२३, गुरुप्रसाद बराल ५८५, गोकर्णराज विष्ट ७१३, टकंप्रसाद कार्की १८६, पर्शुराम मेघि गुरुङ्ग ३३४, पृथ्वी सुव्वा गुरुङ ९००, भिमप्रसाद आचार्य १४३, रघुजी पन्त ६१७, रामबहादुर थापा बादल ७७४, विन्दा पाण्डे ४७४, विष्णुप्रसाद पौडेल ८४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महासचिवमा शंकर पोख्रेल ६१३ मत प्राप्त हुँदा प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डे ५२६ मत प्राप्त गर्नुभएको छ ।

सोहीअनुसार उपमहासचिवमा आनन्दप्रसाद पोख्रेल ३३४, योगेस भट्टराइ ७०९, रघुविर महासेठ ६८९, राजेन्द्रप्रसाद गौतम १४०, लेखराज भट्ट ७३४, विष्णुप्रसाद रिमाल ५४०, वैजनाथ चौधरी २७१ प्राप्त गर्नुभएको छ ।

त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल ३७७, इन्द्रलाल साप्कोटा २०९, कर्णबहादुर थापा ४४४, कृष्णगोपाल श्रेष्ठ ३२५, खगराज अधिकारी ६८०, गोकुलप्रसाद बास्कोटा ५२८, छविलाल विश्वकर्मा ७६९, ठाकुरप्रसाद गैरे ४६२, पद्माकुमारी अर्याल ७७८, पुर्सोतम पौडेल २३०, पेम्वा लामा २५५, भानुभक्त ढकाल ५५२,

महेश बस्नेत ७८३, यमलाल कडेल ६२६, रचना खड्का ४५९, राजन भट्टराइ ५८१, लालबाबु पण्डित ३९९, विनोदप्रसाद ढकाल ३५५, शेरधन राई ७६७, हिक्मतकुमार कार्की ६७२ मत प्राप्त गर्नुभएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणनाअनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ । रासस

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *