भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ : केपी ओली

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ : केपी ओली

ram naam satya

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताउनुभएको छ। प्रेस चौतारी, नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।

बालुवाटारबाट भागेको भन्ने आरोपको खण्डन गर्नुहुँदै उहाँले भदौ २४ गते आफू भागेको नभई थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छाडेर हिँडेको प्रष्ट पार्नुभएको हो।

आफू देश छाडेर कतै नगएको बताउँदै ओलीले भन्नुभयो, ‘उनीहरूको ज्यान बचाउनको लागि मैले भदौ २४ गते मुकाम परिवर्तन गरेँ।’

त्यसैगरी ओलीले पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका केही मानिस आफूविरुद्ध वैरभाव राखेर लागेको आरोप लगाउनुभएको छ।

‘उहाँलाई के भएको छ कुन्नि उहाँ त्यसरी नलागेको भए हुन्थ्यो’, उहाँले भन्नुभयो।

सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको छानबिनका लागि बनाएको समितिमा बयान दिन जाने नजाने विषय आफ्नो भएको भन्दै ओलीले अर्ती नदिनसमेत वरिष्ठ उपाध्यक्ष पोखरेललाई सुझाव दिनुभएको छ।

ओलीले भन्नुभयो, ‘सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने मेरो कुरा हो। उहाँले यसमा अर्ती नदिनु राम्रो हुन्छ।’

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *