सप्तकोसी नदीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

सप्तकोसी नदीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

ram naam satya

वराहक्षेत्र : शनिवार विहानदेखि अविरल वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव उच्च हुँदैगएको छ । आइतबार विहान ७ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।

 

अहिले ब्यारेजको ३९ वटा ढोका खोलिएको छ । आइतबार बिहान ५ बजेको मापनअनुसार २ लाख २० हजार २२५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । शनिवारदेखि नै पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च छ ।

 

कोशीमा पानीको बहाव उच्च हुदै गए पनि यो समाचार तयार पर्दासम्म कोसीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको कोशी तटबन्धनमै काम गर्दै आउनुभएका महोन मण्डलले बताउनुभयो । उहाँका अनुसार पानीको बहाव बढे पनि राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्र्वी तटबन्धमा कटान नभएको बताइएको छ । यद्यपि नदीको वरिपरि वसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।  GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *