भावना मरेपछि भूगोलले टिक्दैन

भावना मरेपछि भूगोलले टिक्दैन

ram naam satya

किशाेर श्रेष्ठ

 

कम्युनिस्टहरुले समयको गति चिन्न, जनतामा भिजेको नीति र नेतृत्व छान्न नसक्दा सँसारकै सबैभन्दा ठूलो २ करोड ४२ लाख वर्गकिलोमीटर क्षेत्रफलको देश सोभियत युनियन १५ टुक्रामा बिभाजित भएको छ ।

जातीय पहिचानको खोज, परिवर्तनको हावा, अवसरको चाहना-यी र यस्ता चुनौतीलाई अत्यधिक केन्द्रिकृत सत्ताले सँवोधन गर्न नसक्दा एउटा सग्लो मुलुक उज्बेकिस्तान, कजाकस्तान, ताजिकिस्तान, किर्घिजिस्तान, अजरबैजान, जर्जिया, लात्भिया, लिथुआनिया, मोल्दोभा, आर्मेनिया, तुर्कमेनिस्तान, बेलारुस, युक्रेन, रुस, इस्तोनियामा बाँडिए, हिजोको मातृत्व-भातृत्व भाँडियो र देख्नुभएकै छ, रुस-युक्रेन लडाइँ थामिने लक्षण छैन ।

सर्वहारा अधिनायकत्वका नाउँमा जर्जर र बर्बर नोकरशाही पार्टी नेतृत्वलाई खुलापन र सुधार (पेरेस्त्रोइका र ग्लास्नोस्त) को नारासहित बिस्थापित गरेका मिखाइल गोर्वाचोभलाई पश्चिमाको नोबल पुरस्कारले लोभ्यायो । उनले थाम्न सकेनन् परिवर्तनको बेगलाई,सन १९९१ अगस्टको एक दिन बेलारुसको जङ्गलमा मात्दामात्दै उता मस्कोमा सेना र उपराष्ट्रपतिबाट अत्यधिक उदारताविरुध्द आन्तरिक कू भैदियो । शरीरमा घाउ लागेपछि बाहिरका भाइरसले हान्दैनन् ? आज नेपालमा जे भयो,बोरिस यल्तसिनको नेतृत्वमा सँसद (दुमा) लाई ट्याँकले हानेर सोभियत युनियनमा ३५ बर्षअगाडि त्यही भयो । फलतः मुलुक हेर्दाहेर्दै नेपालजस्तै क्षणभरमै खरानीमा परिणत भयो ।

देश भन्नु भूगोल मात्र हैन रहेछ । भावना नै मरिसकेपछि ऐतिहासिक पात्रहरुप्रति अद्वितीय योगदानका नाममा के श्रध्दा,के सम्मान ! १९७७ र १९८४ मै निर्मित मेट्रो स्टेशनभित्र प्रथम अन्तरीक्ष यात्री युरी गागरिन र अन्तरीक्षमै पहिलो पाइला टेक्ने महिला भ्यालेन्टिना टेरेस्कोभाका नाममा
कुँदिएका चित्रकला पनि उपेक्षित हुँदै जाने रहेछन् हाम्रोमा शहीदका शालिकजस्तै ।

उता आपसी सौहार्द्रता मासिएर देश १५ टुक्रा भयो,यता हामीले २-२ सय किलोमिटरका दरले केक जसरी देशलाई ७ प्रदेशमा चिरा पारेर सँघीयतामा रमायौँ र जे गर्छ गोर्खालीले गर्छ भन्ने नयाँ परिचय कमायौँ ।

दोश्रो बिश्वयुध्दको उन्मादी पात्र हिटलरलाई २ करोड ७० लाख सन्तानको प्राणआहुती दिएर धुलो चटाउने यही पूर्व सोभियत धर्तीका कतिपय देश आज कोही अमेरिकातिर,कोही चीन र कोही रुसतिर लागेका छन् ।

“भाइ फुटे गँवार लुटे”पछि हुने त यही नै हो । तर, जहिलेसम्म हाम्रो नेतृत्वले चेत्ला त्यतिन्जेल निकै ढिलो भइसक्ने पो हो कि !

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *