‘कल्ली’को ३ पोष्टरमा सौगात, नाजिर, वर्षा र सुलक्षण

‘कल्ली’को ३ पोष्टरमा सौगात, नाजिर, वर्षा र सुलक्षण

ram naam satya

आउँदो फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कल्ली’ ले आफ्नो प्रचार अभियान सुरु गरेको छ। निर्माण पक्षले एकैपटक तीन फरक–फरक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक प्रचार थालनी गरेको हो।

 

किरण नेपालीको प्रस्तुतिमा बनेको यो फिल्मका सार्वजनिक पोस्टरहरूमा कलाकारहरू फरक–फरक गेटअपमा देखिएका छन्। एक पोस्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देखाइएको छ। अर्को पोस्टरमा सुलक्षण भारतीको भिन्न रूप झल्किएको छ भने तेस्रो पोस्टरमा सौगात मल्ललाई प्रस्तुत गरिएको छ, जसले दर्शकमा फिल्मको कथावस्तुप्रति अझै उत्सुकता बढाएको छ।

महेश दवाडीको लेखन र लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘कल्ली’ मा दमदार कलाकारहरूको समावेश छ। फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगर मुख्य भूमिकामा छन्। साथै, उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रूपमा देखिनेछन्।

फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एनबी महर्जनको एक्सन निर्देशन र निसाल पौडेलको छायांकन रहेको छ। पोस्टर डिजाइनरका रूपमा राकेश दाहालले काम गरेका छन्।

लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तुरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा तयार भएको ‘कल्ली’ले समाज, भावना र पारिवारिक सम्बन्धलाई केन्द्रमा राख्ने जनाइएको छ। आगामी फागुन १ गते दर्शकमाझ आउन लागेको यस फिल्मप्रति नेपाली चलचित्र प्रेमीहरूको उत्साह उच्च रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *