सञ्चार मन्त्री खरेलसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

सञ्चार मन्त्री खरेलसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

ram naam satya

blog
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सन शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन
९ असोज २०८२, बिहिबार
१ घण्टा पहिले
शेयर गर्नुहोस:
sharethis-white sharing buttontwitter-white sharing buttonfacebook-white sharing button
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेट गर्नुभयो ।

बिहिवार अपरान्ह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा मन्त्री जगदीश खरेल र राजदुत थम्पसनबीच नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी हितका सम्बन्धमा छलफल भयो ।

भेटमा मन्त्री खरेलले जेन जी आन्दोलनको जनादेश बमोजिम आगामी २०८१ फागुन २१ मा हुने चुनाव एवम् भष्ट्राचार नियन्त्रण तथा सुशासन सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भयो ।

राजदूत थम्पसनले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले संयुक्त राज्य अमेरिका सधैँ नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको जानकारी दिनुभएको सञ्चार मन्त्रालयले जनाएको छ ।

नेपाल र अमेरिकाबीच वि.सं. २००५ अर्थात् सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७७ औँ वर्षमा प्रवेश गरेको छ ।

मन्त्री खरेलले असोज ६ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको हो । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *