

नारायणगढ (चितवन) : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आफूले अहिलेसम्म चुनाव लड्ने वा नलड्ने विषयमा कुनै निर्णय नगरेको बताउनुभएको छ ।
आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले आफू हालसम्म कुनै राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट पार्नुभयो । उहाँले आगामी फागुनमा चुनाव हुने वातावरण बनेको उल्लेख गर्दै त्यसबारे दलहरु तयारीमा जुटेको बताउनुभयो ।

मन्त्री खरेलले कुनै पनि नागरिक पदमा रहेर पदको दुरुपयोग नगरी निर्वाचन प्रक्रियामा सहभागी हुन सकिने संकेत गर्दै जो–कोहीले पनि चुनाव लडेर देशको सेवा गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । रासस


