इरान–अमेरिका द्वन्द्वको असर: यूएईमा नेपाली अलपत्र, युरोपमा ग्यास ४५% महँगियो

इरान–अमेरिका द्वन्द्वको असर: यूएईमा नेपाली अलपत्र, युरोपमा ग्यास ४५% महँगियो

ram naam satya

युएईमा अलपत्र नेपालीको उद्धारको पहल : पोर्टलमा दर्ता हुन आह्वान

अबुधाबी : मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्स (युएई) मा रहनुभएका नेपालीको अवस्थासम्बन्धी सूचना सङ्कलन गर्न र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयले पोर्टल निर्माण गरेको छ ।

विभिन्न मुलुकबाट नेपाल फर्कने सिलसिलामा यूएईका विमानस्थलमा अलपत्र परेका र भिसा समाप्त भएका वा कम्पनीमा भिसा रद्द गरी नेपाल फर्कन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपाली नागरिकलाई पोर्टलमा आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न हार्दिक अनुरोध गरेको छ ।

नेपाली राजदूतावास आबुधाबीले जरुरी सूचना सार्वजनिक गर्दै अलपत्र नेपालीलाई पोर्टलमा विवरण भर्न अनुरोध गरेको हो ।

 

बढ्दो क्षेत्रीय तनावका बिच अमेरिकाद्वारा खाडी मुलुकका दूतावास बन्द

वासिङ्टन : बढ्दो तनावका बिचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुक स्थित दुतावास तथा कूटनीतिक मिसन बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा मङ्गलबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरु बन्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दुतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ । यस अघि साउदी अरबका अधिकारीले रियादमा रहेको दूतावासमा दुई वटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए ।

कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत अर्को सुचना जारी नभएसम्म सम्पुर्ण सेवा निलम्बन गरेको छ । अमेरिकी विदेश विभागले गैर-आवासिय कर्मचारी उनीहरुका परिवारका सदस्यलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ । विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराकलाई अनुरोधसमेत गरेको जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा तीव्र रुपमा द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो । गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित कमान्डरको मृत्यु भएपछि द्वन्द्व चर्किएको थियो । प्रतिक्रियामा, इरानले इजरायल र अन्य क्षेत्रीय संरचना विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ, जसले द्वन्द्वलाई अझै बढी सक्रिय बनाएको छ ।

 

इरानी आक्रमणपछि युरोपमा ग्यासको मूल्य बढ्यो

लन्डन : युरोपमा ग्यासको मूल्यमा सोमबारदेखि बढेको छ । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा सुविधामा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यासको मूल्य बढेको हो ।

युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्यास सम्झौता’ अनुसार नै इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ यूरो भन्दा बढीमा पुगेको छ।

इरान युद्धका कारण खाडी क्षेत्रमा ग्यासको आपूर्ति कटौती हुने डरले ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो । रासस/एएफपी/क्युएनए

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *