दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

ram naam satya

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।

 

दुर्घटनाको पुष्टि गर्दै भारतीय वायुसेनाले विमानका पाइलटलाई गम्भीर चोट लागेको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

 

सामाजिक सञ्जालमा प्राप्त भिडियोमा विमान एकाएक सीधा जमिनतर्फ खस्दै गएको र त्यसपछि ठूलो आगो र कालो धुवाँ उठेको देखिन्छ।

 

पीटीआईका अनुसार विमान दुबईको अल–मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एयर शोको नियमित प्रदर्शन उडानमा सहभागी थियो।

 

भारतीय वायुसेनाले घटनाको विस्तृत जाँच सुरु गरेको जनाएको छ। PTI

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *