बिहानबाट हलमा हरिबहादुरको जुत्ता’ को हाउसफुल यात्रा

बिहानबाट हलमा हरिबहादुरको जुत्ता’ को हाउसफुल यात्रा

ram naam satya

आज दशैँको फूलपातीबाट रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले बिहानबाट दर्शकको बलियो साथ पाएको छ। बिहान ५:४५ देखि प्रदर्शन सुरुवात गरेको चलचित्रका अधिकांश शो हाउसफुल रहेका छन्। बिहान देखिका शो हलमा दर्शकको ८० प्रतिशत बढी अकुपेन्सी रहेको छ भने अधिकांश हल हाउसफुल बनेका छन्। केहि हलले वर्ड अफ माउथ बलियो भएको कारण बोलीको लागी शो संख्या बढाएका छन्।
बिहानबाट नै हरिवंश आचार्य सहितका कलाकार हलमा पुगिरहेका छन्। पारिवारिक दर्शक देखिएको हलमा उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। बिशेष गरि हरिबहादुरलाई पर्दामा हेरेका बुढाबुढी हलमा देखिएका थिए। चलचित्रमा फेरी हरिबहादुरलाई देख्न पाउँदा खुसि मिलेको प्रतिक्रिया दर्शकले दिएका छन्। चलचित्रले हसाउदै मन छोएको उनीहरुले बताए ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *