

मिति: २०८२ असोज ३ गते
प्रेस विज्ञप्ति सहित सरकारसँग संविधान सुधारको माग

आगे,

भदौ २३ र २४ गतेका दिन Zen-Z समूहको नाममा आयोजित भएको हिंसात्मक प्रदर्शनका क्रममा निर्दोष नागरिकहरूले ज्यान गुमाउनु परेको, थुप्रै व्यक्तिहरू घाइते हुन पुगेको, साथै सार्वजनिक र निजी सम्पत्तिहरूमा आगजनी तथा क्षति पुर्याइएको दुःखद घटनाप्रति हाम्रो पार्टी नेपाल गहिरो दु:ख, संवेदना र खेद प्रकट गर्दछ।

राष्ट्र र समाजमा अराजकता, हिंसा र विध्वंशात्मक गतिविधिहरू कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैनन्। नागरिकको ज्यान, सम्पत्ति र शान्तिपूर्ण वातावरणको संरक्षण राज्यको संवैधानिक दायित्व भएकाले यस प्रकारका घटना दोहोरिन नदिन राज्यका सुरक्षा निकाय र सम्बन्धित संस्थाहरूले तत्कालीन रुपमा आवश्यक छानबिन र कडाइका साथ कारबाही अगाडि बढाउन हाम्रो पार्टी नेपाल दृढताका साथ आग्रह गर्दछ।
यस दुःखद घटनामा जीवन गुमाउनु भएका नागरिकहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको शुभेच्छा व्यक्त गर्दै, उनीहरूको उपचार र राहतको व्यवस्था गर्न सम्बन्धित निकायहरूलाई तत्काल ध्यानाकर्षण गराउँछौं।
हाम्रो पार्टी नेपाल लोकतान्त्रिक अभ्यास, संवैधानिक मार्ग र शान्तिपूर्ण संवादद्वारा मात्र असन्तोष वा मागहरू सम्बोधन गर्न सकिने विश्वास गर्दछ। त्यसैले, सबै पक्षहरूलाई हिंसा, अराजकता र गैर–लोकतान्त्रिक बाटो त्यागी, शान्तिपूर्ण र जिम्मेवार राजनीतिक व्यवहारमा अवलम्बन गर्न यसै विज्ञप्तिमार्फत जोडदार आह्वान गर्दछौं।
भ्रष्टाचारमुक्त स्थिर सरकारको लागि संविधान संशोधन र विद्यमान संवैधानिक कानुनि प्रक्रिया मार्फत मुख्य सरकारले गर्नु पर्ने कार्यहरू
१. सबै दलहरूको साझा सहमतिमा अहिलेकै अन्तरिम सरकारलाई सर्वपक्षीय राष्ट्रिय नागरिक सरकार बनाउने।
२. राष्ट्रिय सरकारले संविधान सुधार तथा सुझाव आयोग गठन गर्ने। आम नेपालीमा पुगेर संविधानको ड्राफ्ट बनाई सुझाव लिने। र बहुमत नागरिकबाट आएको सुझावलाई समेटेर संविधानलाई अन्तिम ड्राफ्ट गरेर संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि संसद् खुलाएर प्रतिनिधिसभाबाट सुधार सहितको संसोधित संविधान जारी गर्ने।
३. संविधान संशोधन संसद्को प्रक्रियाद्वारा पूरा गरिसकेपछी नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरि राष्ट्रिय सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भङ्ग भएको घोषणा गर्दै राष्ट्रिय सरकारले निर्वाचन सम्पन्न गराउने । र नयाँ निर्वाचित सरकारलाई सरकार हस्तान्तरण गर्ने।
क्रमशः राष्ट्रिय सरकारले यी कार्य गर्ने अपेक्षा सहित
सरकारले ऎन कानुन अपुग भएमा अध्यादेश मार्फत बाधाअड्काउ फुकाउ गर्दै, सुधारको निमित्त तुरुन्त गर्न सक्ने र गर्नु पर्ने कार्यहरु
१- भदौ २३-२४ गते घटाईएको घट्नाको छानबिन गर्ने एक शक्तिशाली आयोग गठन गरियोस् ।
२- न्यायीक भ्रष्टाचार छानबिन तथा अनुसन्धान आयोगको गठन गरियोस् ।
३- शक्तिशाली न्यायिक नागरिकता छानबिन आयोग गठन गरियोस् ।
४- संविधान पुनरावलोकन, सुझाव तथा सुधार आयोग गठन गरियोस् ।
५- गरिबिको आधारमा स्थानिय निकायको सहयोगमा श्रमकार्ड् बनाई श्रमकार्डको आधारमा रोजगार तथा शिक्षा र स्वास्थ्यमा सहुलियत दिने व्यवस्था गरियोस् ।
६- नेपाली उत्पादनको खपत नेपालमै हुनुपर्ने अनिवार्य व्यवस्था, अर्थात नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिइयोस् , तथा मुख्य मुख्य कृषी उपजको मुल्य निर्धारण गरि राज्यले नै बिक्रीवितरणको व्यवस्था गरोस् ।
७- रेमिट्यान्सको भरपुर प्रयोगद्वारा राष्ट्रिय उत्पादन क्षेत्रमा लगानी तथा रेमिट्यान्सका सदस्यलाई रोजगार अनि सेयर दिने व्यवस्था गरियोस् ।
८- निजि स्कुल र कलेजको शुल्क श्रेणिको आधारमा न्युनतम देखि अधिकतमसम्म छुट्यायाईयोस् ।
९- सार्वजनिक यातायातको भाडा आधा कटौती गर्न भन्सार शुल्क र अनेकन किसिमका अनावश्यक लगाईएको वार्षिक शुल्कलाई ९०% कटौती गरियोस् ।
१०- अहिलेको विवादास्पद एम्बुस्ट नम्बरप्लेट खारेजी तथा बैज्ञानिक प्रणालिको अवलम्बन गरियोस् ।
११- राज्यका हरेक निकाय पारदर्शी होस् ।
गोविन्द बोहरा ” ब्रह्माण्ड”
संयोजक
– हाम्रो पार्टी नेपाल –
केन्द्रिय जनसम्पर्क कार्यलय कामनपा ३ काठमाडौं टिचिङ्ग रोड 9851141646- 9808211898

