जेन्जी विद्रोह, शक्ति राष्ट्रहरुको भुमिका र हाम्रो बाटो

जेन्जी विद्रोह, शक्ति राष्ट्रहरुको भुमिका र हाम्रो बाटो

ram naam satya

ऋषि कट्टेल :

 

मालिक विहिन बनेका देउवा अाेली

नेपालको वर्तमान सामन्ति दलाल तथा नोकरशाही पूजीवादी राज्यसत्ता इण्डो अमेरिकी नियन्त्रणमा संचालित राज्यसत्ता हो । नेपालको आन्तरिक ब्यवस्थापनमा २००७ देखिनै इण्डो पक्षको एकाधिकार थियो । अमेरिका उसैको सहयोगीको भुमिकामा थियो र नेपाललाई भारतीय आँखाले हेथ्र्यो । सोभियत समाजवादको पतन पछी विश्वको शक्तिसन्तुलनमा वदलाव सुरुभयो । चीनको उदयले विश्वको सामरिक महत्वको क्षेत्र एसिया प्यासिफिक बन्नपुग्यो र माहाशक्ति राष्ट् अमेरिकाको ध्यान यसतर्फ केन्द्रीत हुनथाल्यो । यसैको निम्ति उसले हिन्द प्रसान्त रणनीतिक योजना तयार गरयो र अहिले कार्यान्वयनको दिशामा निरन्तर अगाडी बढिरहेको छ । हिन्द प्रसान्त रणनीतिक योजनाको उद्देश्य चीनलाई ध्वंस गर्ने, जसरी रुसलाई ध्वंस गरियो, र आफ्नो सामरिक र आर्थिक प्रभावलाई कायम राख्ने रहेकोछ । यसको निम्ति भारतको सहयोग पनि अनिवार्य छ ।

अमेरिकाको रणनीतिक योजना कार्यान्वयनको केन्द्र नेपाल यस मानेमा पनि रणनीतिक महत्वको भयो कि यो चीन र भारतको बिचमा छ र तिव्वत विरोधी गतिविधि वढाउने एकमात्र पायक देश नेपाल मात्र हो । यसकारण अमेरिकाले नेपाल संवन्धी पुरानो नीति वदल्यो र नेपालको आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने योजना वनायो र एमसिसिको नाममा उसले गतिविधी बढायो । अहिलेको सरकार परिवर्तन यसैको उपज हो ।

सरकार मिल्केपछी देउवा ओली मालिक विहीन भएका छन । पुरानो मालिक छोडेर नयाँ मालिक रोजे । नयाँ मालिकले पनि पत्याएन र मिल्काइदियो । मालिकको कृपा बेगर नेपालको सत्तामा पुगिदैन भन्ने पनि उनीहरुलाई राम्ररी थाहा छ ।

 

जेन्जी विद्रोह, शक्ति राष्ट्रहरुको भुमिका र हाम्रो वाटो

अव जेन्जी विद्रोहको प्रायोजक वारे कुनै भ्रम वाकिरहेन । यसको मुख्य प्रायोजक अमेरिकी युथकाउन्सिल, बारबरा फाउण्डेसन लगायतका एनजिओहरु, मुख्य सहप्रायोजक मोदी र मोदीका सहायकहरु माके, रास्वपा र राप्रपा रहेको प्रष्ट देखिन्छ । यो आन्दोलन जनताको मुक्ति र देशको स्वाधिनताको रक्षाको आन्दोलन थिएन । यो प्रतिक्रियावादी राज्यसत्तालाई यथावत राखेर मालिकहरुले नोकरवदल्न गरेको प्रपञ्चमात्र थियो भन्नेकुरा ओली मिल्केर शुसिलाको आगमनले पुष्टिगर्दछ । सारमा अमेरिकाको हिन्दप्रसान्त रणनीतिक योजना कार्यान्वयनको लागि मैदान निर्माण गर्न चालिएको दोस्रो कदम हो । पहिलो भाग एमसिसि पास गरेर पुरा भैसकेकोको छ ।

यो आन्दोलन मार्फत प्राप्तगर्ने कुरा उनीहरुका आआफ्नै स्वार्थ अनुकुल थिए र छन । मुख्य प्रायोजक अमेरिका नेपालका पुराना राजनीतिक शक्तिहरुलाई विस्थापित गरेर नयाँ जेलेन्स्की तयार गर्न चाहन्छ ।ओलीको चीन भ्रमण र काँग्रेस समेतको सहमतिमा विआरआई संझौता भएपछी उस्को पुराना दलहरु प्रतिको मोह टुटयो । यसैपनि यि दलहरुको लामो इतिहास छ । राज्य संचालनमा जतिसुकै वदमासी गरेपनि उनीहरु कहिल्यै पनि एकचीन नीति विरुद्ध देखिएका छैनन । त्यसकारण यि दलहरुवाट अाइपिएस कार्यान्वयनको संभावना देखेन ।

दोस्रो मुख्य सहप्रायोजक हो दिल्ली । दिल्ली नयाँ दलहरुको खोजीमा छैन । किनकी मधेसी दलका नाममा गरिएका प्रयोगहरु असफल भैसकेका छन । उसको मुख्य उद्देस्य हो ओली देउवा गठवन्धन तोडेर शेखर दाहाल गठवन्धन वनाउने । वर्तमान संसदवाटै उ यो काम गर्न चाहन्थ्यो । ओलीको राजिनामा पछी राष्ट्रपति मार्फत प्रयत्न पनि भयो । तर उसको त्यो प्रयास सफल भएन ।

तेस्रो आन्तरिक सहायक दहाल, शेखर, माधव, रविलिंगदेलहरु । उनीहरुको एकमात्र चाहानाहो सत्तारोहण ।ओली हटाऔ आफु वनौ । उनीहरु योकाम दिल्ली मालिक मार्फत कार्यान्वय हुनेमा विश्स्त थिए । लिंगदेलहरुभने अरु भन्दा भिन्न थिए । उनीहरु देशको शासन सेनाको हातमा पु¥याएर सेना मार्फत राजतन्त्रको समेत पुनस्थापना चाहन्थे ।

प्रारम्भिक जित अमेरिकाको भएको छ । एनजीओहरुको कठपुतली शुसिला सरकार गठन भयो । दलहरु वाहिरिए । संसद समेत विघटन भयो ।

अव दोस्रोचरणको द्वन्द्व सुरु हुदैछ । एउटा शक्ति यही संसदलाई पुनस्थापना गरेर वा फागुन २१मा संसदीय चुनाव गराएर आफ्नो पक्ष वलियो वनाउन चाहन्छ भने अर्को शक्ति यही शुसिला सरकारलाई कायम राख्दै वा अझै योभन्दा वफादार पात्र खडा गरेर फागुनको निर्वाचन टार्ने, जसरी वंगला देशमा टारिदै आएको छ, अनुकुल मिलाएर राष्ट्रपतिको निर्वाचन गराउने वाटोमा लाग्ने छ । यसरी देश गम्भिर द्वन्द्वमा फस्नेछ ।

यि दुवै शक्तिहरुलाई पराजित गर्ने एउटै वाटो छ संयुक्त जनक्रान्ति । प्रतिक्रयावादी राज्यसत्तालाई ध्वंस गरौ ।जनताको राज्यसत्ता कायम गरौ । देश जोगाऔ ।

 

 

वर्तमान अवस्थामा दे्शको रक्षाको प्रश्न

जेन्जी विद्रोह पछी देश वेवारिसे अवस्थामा पुगेको छ । पुरानो सत्ता भत्केको छ नयाँ बनेको छैन । राणा शासनको अन्त्यपछी राजतन्त्रले वारिसेको काम गरयो । २०४६को आन्दोलन पछी राजनीतिक दलहरुले वारिस लिए । यि दुवै अवस्थामा कर्मचारितन्त्र, सुरक्षा निकाय र अदालत जस्ता राज्यका स्थायी संयन्त्रहरु क्रियासिल थिए । माआवादीको युद्धकालमा पनि मानिसहरुको एकहदसम्म सेना संगको भरोसा देखिन्थ्यो । । जेन्जी विद्रोह पछी राज्यका यी सवै स्थायी निकायहरु वेकाम देखिए । सवैभन्दा भरपर्दो भनिएको सेना यसपटकको आन्दोलन पछी विघटित अवस्थमा पुग्यो । सबैभन्दा अविश्वसनीय र वेकामे शक्तिको रुपमा सेना वदनाम भयो । सिंहदरवार र राष्ट्पति भवन सम्मको रक्षा नगर्ने सेनाले देशको रक्षागर्ने कुरा कल्पनै गर्न सकिदैन । । संगठित रुपमा रहेपनि नैतिकवल गुमाएका संसदीय दलहरुले फेरी उठने कुरामा गम्भिर प्रश्न छ ।

जहाँसम्म जेन्जीको प्रश्नछ यो असंगठित शक्तिहो । स्वतःफुर्तताले दर्घिकालिन समाधान दिनै सक्दैन । यस्ता शक्तिहरु परिचालित बन्ने खतरा हुन्छ ।उनीहरुको नेतृत्व कसरी सहजै अपहरित भयो भन्नेकुरा शुसिला सरकारको गठनले पुष्टि गरेको छ । शुसिला सरकार नेपालीको सरकार हैन । जेन्जी आन्दोलन अपहरण गरेर विदेशीले वनाएको कठपुतलि सरकारहो । यस्तो सरकार देशको वारेस वन्न सक्दैन । यसले गर्दा अव आन्दोलनकारी जेन्जीको हातमा देशको वारेस रहेन । यसरी देश वेवारिसे अवस्थामा पुग्यो अर्थात विदेशीको हातमा पुग्यो ।

देशको यो अवस्था वदल्न देशभक्त नेपालीहरुले छिटै विद्रोहको वाटो समात्नु पर्दछ । जेनजी लगायत राजनीतिक शक्तिहरुको गोलमेच सम्मेलन शुसिला सरकारको वर्खास्तगी, अन्तरिम सरकारको गठन, संविधान संशोधन र नयाँ निर्वाचन तत्कालिन समस्या समानको वाटो हुन सक्दछ । जनवादी गणतनत्र स्थापना वेगर दीर्घ कालिन समाधान भने हुन सक्दैन ।

 

नागरिकमा फैलिएको त्रास

देशको समसामयिक राजनीतक परिस्थितिवारे कुराकानीमा एकजना मित्रले भन्नुभयो ऋषिजी देश सिद्धियो । विदेशीले देश कव्जा गरि सक्यो । गुम्वाहरुमा पुरै हतियारधारी तिव्वती हरु छन । १५००० हजारभन्दा बढी अमेरिकी सेना तैनाथ भै सकेका छन र १०सौ हजार रअ का सुटरहरु तैनाथ छन र भारतीय सेना औपचारिक रुपमै भित्रन खोज्दै छ ।

 

मलाई विगतमा एक दिन चीनीया मित्रसंग भएको कुराकानीको संझना आयो । तिव्वत वारे पनि कुरा भयो । ति मित्रले भनेका थिए तेरो सरकारलाई तेरै देशको सुरक्षाको त चिन्ता छैन तिव्वतको के कुरा गर्दछस् । काठमाण्डौ वरिपरि बनेका यि विसाल गुम्वाहरु कसले र के प्रयोजनका लागि बनेका हुन ? थाहा छ ? म अक्मकिए । उसले भन्यो यि धार्मिक कामका लागि हैनन । अमेरिकीहरुले फ्रि तिव्वत मोभमेन्ट संचालन गर्ने अखडा वनाएका हुन । यसभित्र हतियार सहितका तिव्वतिहरु छन । यि गुम्वा यस्ता ठाँउमा बनेका छन जहाँबाट तेरो देशको सैन्य क्याम्पमा सहजै प्रहार हुन सक्दछ । त्यसकारण हामीले तिव्वत वारे आफ्नो योजना वनाइसक्यौ ।

एमसिसि, जेनजीको नाममा भएको सत्ता पलट, दलाइ लामाको शुभकामना जस्ता विषयहरु निश्चयनै गम्भिर छन ।

 

क्रमश…

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *