गगन–विश्व र सहमहामन्त्री मन्सुरलाई पार्टी साधारण सदस्‍यबाट निष्काशित

गगन–विश्व र सहमहामन्त्री मन्सुरलाई पार्टी साधारण सदस्‍यबाट निष्काशित

ram naam satya

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ ।

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको हो ।

संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आह्वान गरेर महामन्त्रीद्वयले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई निष्कासन गरेको विश्वकर्माले जानकारी दिनुभयो ।

 

महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको संस्थापन पक्षको आरोप छ ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । केन्द्रीय समितिको यो निर्णयसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि भइरहेको विशेष महाधिवेशन अन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भइरहेको छ ।

 

सानेपामा केन्द्रीय कार्यसमिति बैठक : भृकुटीमण्डमा निर्वाचन कार्यतालिका संशोधन

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएसँगै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयनपत्र दर्ता प्रक्रिया पूरा भएकाले थप प्रक्रिया अगाडि बढाउन थप निर्वाचन कार्यतालिका संशोधनसहित प्रकाशित भएको हो ।

संशोधित कार्यतालिका अनुसार नामावली प्रकाशन ४ बजे, दाबी विरोध ४ बजेदेखि ४ः३० सम्म, छानबिन ४ः३० देखि ५ बजेसम्म, पुन नामावली प्रकाशन ५ बजेर ५ मिनेटमा हुनेछ भने उम्मेदवारको मनोनयन फिर्ताका लागि ५ः५ देखि ५ः३० सम्मको समय दिइएको छ । अन्तिम उम्मेदवारको नामावली प्रकाशन ६ बजे हुनेछ भने मतदान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा जारी विशेष महाधिवेशन रोक्न छलफल जारी राखेको संस्थापन पक्षले लामो मिहिनेतपछि केन्द्रीय समिति बैठक राखेको हो । बैठकमा विशेष महाधिवेशनमा सहभागी सदस्य भने उपस्थित भएका छैनन् ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *