कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु

ram naam satya

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नम्बर ४ को बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अब कांग्रेस बनाउने अभियान सुरु भएको छ। बदिलएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेनजीको आवाज सुन्छ।’

उहाँले अब अमूर्त कुरा नभएर कांग्रेसले कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘कांग्रेसमा बदलिने समय आएको छ । नेपाललाई आगो चाहिएको छैन। नेपाललाई सम्हाल्ने शक्ति चाहिएको छ’, उहाँले भन्नुभयो ।

बदलिएको कांग्रेसले देश सम्हाल्ने नेतृत्व चाहिएको भन्दै उहाँले देश सम्हाल्ने शक्ति युवामा रहेको जिकिर गर्नुभयो।

देशलाई शासनमा र कार्यशैलीमा सुधार चाहिएको बताउनुभयो। उहाँले सबै जना संविधानमा प्रतिबद्धता रहेकाले संविधानमा बदल्ने कुरा धेरै रहेको तर त्यसका लागि युवाहरूले साथ दिनुपर्ने बताउनुभयो ।

‘कांग्रेस नेपाल राज्‍यमा रहेको सबैको हो । झुपडीमा बसेका नागरिक र महलमा बसेका नागरिकको हो। अझ पिँधमा रहेको व्यक्तिको नजिकको पार्टी हो कांग्रेस उहाँले भन्नुभयो, ‘तर देश बनाउन सबैको जरूरी छ। पार्टीले भागबन्डा गर्न नपाओस् । अनि सुशासन आउँछ ।’ GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *