इन्जिनियर मंग लाल श्रेष्ठको देश विकास एजेण्डा सार्वजनिक

इन्जिनियर मंग लाल श्रेष्ठको देश विकास एजेण्डा सार्वजनिक

ram naam satya

काठमाडाैं : नेपाली सैनाका रूपमा लामो समय राष्ट्रसेवा गरेका इन्जिनियर मंगलाल श्रेष्ठले अब पहिलो पटक औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्दै आफ्नो विकास एजेन्डा सार्वजनिक गरेका छन्। राम्रो पुल डिजाइन गरेर देशलाई योगदान दिएको दाबी गर्दै उनले सरकारहरूले देश विकासमा अपेक्षित काम गर्न नसकेको आरोप लगाए। विशेष गरी केपी शर्मा ओली नेतृत्वको सरकारका बेला भ्रष्टाचार बढेको र विकासका काम प्रभावकारी हुन नसकेको सुझाव आफूले दिएको तर नसुनिएको उनले बताए। विदेशका विज्ञलाई धेरै पारिश्रमिक दिएर ल्याउने तर आफ्नै देशका विज्ञलाई कम मूल्याङ्कन गर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ।

श्रेष्ठले देश विकासका सन्दर्भमा कुलमान घिसिङ जस्ता कर्मठ व्यक्तित्वबाट प्रेरणा लिनुपर्ने बताए। उनले कुलमानले अरूले १५ वर्षमा नगरेको काम ३ महिनामा गरेर देखाएको उल्लेख गर्दै जनताले नाम सुनेरै मतदान गर्ने अवस्था सिर्जना भएको दाबी गरे। आफू पदको लागि नभई सेवा भावले राजनीतिमा आएको बताउँदै ‘उज्यालो नेपाल पार्टी’ ले जे निर्णय गर्छ त्यही अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए। +2 पास गरेका युवालाई मासिक १० हजार रुपैयाँ दिएर काम सिकाउने योजना अघि सारेका उनले मध्यम वर्गलाई प्राथमिकता दिने र ठूला पार्टीकाे गलत परिपाटी अन्त्य गर्ने बताए।

क्षेत्र नं. १ मा सिंहदरबार र सर्वोच्च अदालत पर्ने भएकाले विश्वको नजरमा राम्रो बनाउने, सार्वजनिक जग्गामा व्यायामशाला निर्माण गर्ने तथा सुकुम्बासीलाई आयोगका नीति–नियम अध्ययन गरी आवश्यक जग्गा वितरण र लालपुर्जा दिने उनले प्रतिबद्धता व्यक्त गरे। आफ्नो सरकार बने पनि नबने पनि सुकुम्बासीलाई सहयोग जारी राख्ने उनको भनाइ छ। बाबुराम भट्टराई ले सुकुम्बासीलाई टाढा सारेर उचित व्यवस्थापन नगरेको आरोप पनि उनले लगाए। माइतीघर आसपासको जाम व्यवस्थापन, सिभिल अस्पतालमा सबैलाई समान छुट, जेष्ठ नागरिकका लागि क्लब स्थापना, तथा विश्व निकेतन विद्यालय, पद्मकन्या क्याम्पस र विजय मेमोरियल विद्यालयलाई अझ उत्कृष्ट बनाउने योजना उनले सुनाए। घरदैलो अभियानका क्रममा क्षेत्र नं. १ का जनताबाट उत्साहजनक समर्थन पाएको पनि उनले बताएका छन्। NPC

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *