भड्काउ अभिव्यक्ति दिएका प्रसाई पक्राउ

भड्काउ अभिव्यक्ति दिएका प्रसाई पक्राउ

ram naam satya

काठमाडौँ : भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ ।

 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश अधिकारीका अनुसार प्रसाई समाजलाई भड्काउने अभिव्यक्ति दिएको त्यस विषयमा सोधपुछ गर्नका लागि पक्राउ गरिएको हो ।

 

प्रसाईलाई पक्राउ गरेर काठमाडौँ प्रहरी परिषद् भद्रकालीमा राखिएको छ । प्रसाई विवादास्पद अभिव्यक्ति दिएकै कारण पटक पटक पक्राउ पर्दै आउनु भएको छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *