अमेरिकी र रूसी राष्ट्रपति बुडापेस्टमा भेट्ने

अमेरिकी र रूसी राष्ट्रपति बुडापेस्टमा भेट्ने

ram naam satya

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर १६ मा सामाजिक सञ्जालमार्फत उनले सोही दिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुरा गरेका छन्। सो वार्ताको मुख्य विषय रूस–युक्रेन संघर्ष अन्त्य गर्ने र त्यसपछि अमेरिका–रूस व्यापार सम्बन्धबारे छलफल गर्ने रहेको थियो। दुवै पक्ष हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने तयारीमा छन्।

 

ट्रम्पले पुटिनसँगको वार्ता “उत्पादक” रह्यो र “धेरै प्रगति भएको” बताउँदै, दुवै पक्षले अर्को हप्तामा उच्चस्तरीय अमेरिका–रूस बैठक आयोजना गर्ने सहमति जनाएका छन्। उक्त बैठकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्नेछन्। बैठकको स्थान भने अझै तय भएको छैन। उनका अनुसार, उक्त उच्चस्तरीय बैठकपछि अमेरिकी र रूसी राष्ट्रपति बुडापेस्टमै रूस–युक्रेन संघर्ष अन्त्य गर्ने उपायबारे विस्तृत छलफल गर्नेछन्। तर ट्रम्पले शीर्षस्थ नेताहरूको भेटको मिति भने खुलाएका छैनन्।

 

त्यस्तै, अक्टोबर १६ मै रूसी राष्ट्रपति पुटिनका सहयोगी यूरी उशाकोभले पुष्टि गर्दै ट्रम्पले बुडापेस्टमा अमेरिकी र रूसी नेताहरूबीचको भेटको प्रस्ताव अघि सारेका छन्, र पुटिनले त्यसमा समर्थन जनाएका छन्।

 

व्हाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले पत्रकारहरूसँग बताउँदै ट्रम्प अझै पनि विश्वास गर्छन् — पुटिन र युक्रेनी राष्ट्रपति बीचको प्रत्यक्ष संवादबाट रूस–युक्रेन युद्ध अन्त्य “संभव” छ।

 

उल्लेखनीय कुरा, ट्रम्प अक्टोबर १७ मा ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीसँग भेट्ने कार्यक्रम रहेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार, जेलेंस्कीले ट्रम्पसँगको आफ्नो भेटको मुख्य विषय युक्रेनको हवाई सुरक्षा र लामो दूरीको आक्रमण क्षमताको सुदृढीकरण तथा रूसमाथि दबाब कायम राख्ने विषय रहने बताएका छन्। CRI

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *