आइसीसी विश्वकप लिग–२ : युएई र अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

आइसीसी विश्वकप लिग–२ : युएई र अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

ram naam satya

काठमाडौँ : आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लिग–२ खेल्ने टिममा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म युएईमा हुँदैछ।

नेपालले पहिलो खेल कात्तिक ९ गते आइतबार बिहान ११ः१५ बजे अमेरिकासँग खेल्दैछ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग प्रतिस्पर्धा गर्ने छ। शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग खेल्ने नेपालले शृङ्खलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार युएईसँग प्रतिस्पर्धा गर्ने छ।

विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईले ६ अङ्क मात्र जोडेको छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।

२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

पछिल्ला केही समय क्रिकेटको छोटो संरचना टी–२० मा रमाएको नेपाली टिम अब अर्को संरचना एकदिवसीय क्रिकेटमा फर्किंदै छ । नेपाल आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत हुन लागेको त्रिदेशीय शृङ्खलामा अमेरिका र घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्न दुबईमा छ ।

नेपालले सोमबार अमेरिकासँग खेलेर प्रतियोगिताको सुरुवात गर्दै छ । त्यसपछि नेपालले अक्टोबर ३० मा युएई, नोभेम्बर १ मा अमेरिका र नोभेम्बर ५ मा युएईको सामना गर्ने छ ।

करिब चार वर्षसम्म चल्ने लिग २ अहिले आधा बाटोमा छ । यो एकदिवसीय मान्यता प्राप्त हुने र विश्वकप ग्लोबल छनोटमा स्वतः चयन हुनका लागि महत्वपूर्ण प्रतियोगिता हो । आठ टिम सहभागी लिग २ बाट चार टिमले स्वतः क्रिकेट विश्वकप क्वालिफायरमा स्थान बनाउने छ ।

यस प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसकेमा नेपालको शीर्ष चारको लक्ष्य कठिन हुने छ । स्टुवार्ट लको प्रशिक्षकत्वमा पछिल्लो शृङ्खलामा नेदरल्यान्ड्सलाई दुई र स्कटल्यान्डलाई एक खेलमा हराएको नेपाली टिमले यस प्रतियोगितामा पनि सोही लय देखाउनु जरुरी छ । किनभने शीर्ष चारको अभियानमा नेपालको सुरुवात अहिले कमजोर छ । नेपाल १६ खेलमा १२ अङ्क बनाएर सातौँ स्थानमा छ । नेपालले पाँच जित, नौ हार र दुई अनिर्णीत नतिजामा खेलेको छ । पछिल्लो शृङ्खला खेल्नुअघि नेपाल अङ्कतालिकाको पुछारमा थियो । यद्यपि नेपालले चार महिनाअघि घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्स सामेल त्रिदेशीय शृङ्खलामा चारमध्ये तीन खेल जितेर पुनरागमन गर्ने छाँट देखाएको छ ।

नेपाली क्रिकेट टिम अहिले उच्च मनोबलमा पनि छ । यसै महिना ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको थियो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्दै छ । नेपाल प्रतियोगितामा अपराजित एक मात्र टिमका रूपमा रहेको थियो । समूह चरणमा जापान र कुवेतलाई हराएपछि नेपालले सुपर सिक्समा घरेलु टिम ओमान, युएई, कतार, सामोआलाई पनि घुँडा टेकाएको थियो । सो प्रतियोगिताअघि नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृङ्खला पनि २–१ ले जितेर इतिहास बनाएको थियो । त्यसैले नेपालबाट ठुलै अपेक्षा गर्न सकिन्छ ।

यद्यपि यस शृङ्खलामा सफलता प्राप्त गर्न नेपाललाई त्यति सहज हुने छैन । पछिल्ला चार महिना एकदिवसीय क्रिकेट नखेलेकाले नेपाली टिमलाई एकै चोटि यस संरचनाका महत्वपूर्ण खेल खेल्न कठिन हुन सक्छ । लगातार टी–२० खेलिरहेकाले खेलाडीलाई नयाँ संरचनामा फटाफट अभ्यस्त हुनुपर्ने हुन्छ । जुन सजिलो काम होइन ।

यसबाहेक अमेरिका र युएई कठिन प्रतिस्पर्धी हुन् । हालै नेपाल जस्तै टी–२० शृङ्खलामा युएईले पनि सानदार लय देखाएको छ । नेपालसँगै युएई पनि टी–२० विश्वकपमा चयन भइसकेको छ । युएईले सो प्रतियोगिताअघि बङ्गलादेश जस्तो सशक्त टिमलाई टी–२० शृङ्खलामा हराएको थियो । यसबाहेक युएई घरेलु वातावरणमा खेल्दै छ । अङ्कतालिकामा पुछारमा रहेको युएई पनि पुनरागमनको लक्ष्यमा छ । युएईविरुद्ध नेपाल पछिल्ला पाँच खेलमा अपराजित छ । एकदिवसीय संरचनामा नेपाल र युएई १५ पटक आमनेसामने भएका छन् । नेपालले नौ र युएईले छ खेल जितेका छन् ।

अर्को प्रतिद्वन्द्वी अमेरिका २० खेलमा १४ जित र छ हारसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाका मोनाङ्क पटेल, मिलिन्द कुमार र साई मुकामल्ला ब्याटबाट सानदार लयमा हुनुहुन्छ । यसै गरी मिलिन्द (२० विकेट), नोसथुस केनिगे (२७ विकेट) र हरमित सिंह (२२ विकेट) को उपस्थितिमा अमेरिकाको स्पिन पक्ष पनि सशक्त छ । तेज बलर सौरभ नेट्रावल्करले पनि चालु प्रतियोगितामा २७ विकेट लिइसक्नुभएको छ । अमेरिका पछिल्ला छ खेलमा अपराजित छ । यसै गरी नेपालले अमेरिकासँग भएका आठमध्ये चार खेल जितेको छ । एक खेल ‘टाइ’ भएको थियो ।

यस प्रतियोगिताका लागि विश्वकप छनोटमा खेलेको टोलीबाट आदिल आलम, सन्दीप जोरा र लोकेश बमको स्थानमा अनिल साह, भीम सार्की र साहब आलमलाई टिममा समावेश गरिएको छ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्सन झा र साहब आलम । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *