कांग्रेस विभाजित छैन तर आधिकारिक हामी हौँ : शर्मा

कांग्रेस विभाजित छैन तर आधिकारिक हामी हौँ : शर्मा

ram naam satya

काठमाडौँ : नेपाली कांग्रेस (गगन समूह)का उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विभाजन नभएको बताउनुभएको छ।

आधिकारिकता सम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएका शर्माले कांग्रेस एकीकृत रहेको बताउनुभयो।

उहाँले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गर्नुभयो। विशेष महाविधशनले गरेको निर्णय अनुरुप आयोगले अद्यावधिक गर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले कांग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धि कुनै पनि कानुन आकर्षित नहुने उल्लेख गर्नुभयो।

विशेष महाधिवेशन प्रतिनिधिले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उहाँको भनाइ छ।

उहाँले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाउनुभयो। उहाँले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरु पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनितिक चरित्र भएको बताउनुभयो।

आयोगले निष्पक्ष रुपमा निर्णय गर्ने उहाँको विश्वास छ। उहाँले विधानअनुरुप नै महामन्त्रीको हैसियतले आफूहरुको विशेष महाधिवेशन गरेको बताउनुभयो।

उहाँले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गर्नुभयो। नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उहाँको भनाइ छ।

नियमित अधिवेशन नभएपछि विशेष अधिवेशनको आह्वान आफूहरुले गरेको उहाँले बताउनुभयो। विधान कार्यन्वयनको लागि पनि विशेष महाधिवेशन आवश्यक भएको उहाँले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *