पार्टीको एकता कायम राख्न कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल

पार्टीको एकता कायम राख्न कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल

ram naam satya

काठमाडौँ : नेपाली कांग्रेस पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको एकता कायम राख्न अपिल गर्नुभएको छ ।

खड्काले सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टी एकतामा प्रतिकूल हुने कुनैपनि गतिविधि नगर्न सबै नेता र कार्यकर्तामा अपिल गर्नुभएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी छ ।’’

उहाँले भन्नुभएको छ, ‘‘यस्तो अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनैपनि गतिबिधि नगर्न सम्बन्धित सबैमा अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’’

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको अवस्थामा दोस्रो दिन कार्यवाहक सभापति खड्काले यस्तो अपिल गर्नुभएको हो । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *