नेपाल–चीन सम्बन्ध अझ सुधारको दिशामा

नेपाल–चीन सम्बन्ध अझ सुधारको दिशामा

ram naam satya

काठमाडौँ : नेपालका निम्ति चिनियाँ राजदूत चेन सोङले परिवर्तित परिस्थितिमा दुवै देशबिचको सम्बन्ध अझ सुधारको दिशामा अग्रसर रहेको बताउनुभएको छ । नेपालमा जेनजीले उठाएका सुशासन, भ्रष्टाचारमुक्त समाज, तीव्रत्तर आर्थिक विकास जस्ता माग कार्यान्वयनले दुवै देशलाई सँगै मिलेर अघि बढ्ने मार्ग फराकिलो हुने उहाँको धारणा छ ।

 

यसले दुई देशबिचको सम्बन्ध अझ घनिष्ठ बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो । सम्पादक तथा मिडियाका उच्च नेतृत्वसँग शुक्रबार काठमाडौँमा चीनको १५ औँ पञ्चवर्षीय योजनाबारे गरिएको अन्तरसंवादका क्रममा राजदूत चेनले सन् १९२० मा नवपुस्ताले नै कम्युनिस्ट पार्टी स्थापना गरी चीनमा परिवर्तन सम्भव भएको इतिहास स्मरण गर्नुभयो ।

 

उहाँले भन्नुभयो, “विश्वभरै नवपुस्ता परिवर्तनका निम्ति अग्रसर हुन्छन् । नेपालमा जेनजीको आन्दोलन परिवर्तनका निम्ति हो, यसले सुधारको दिशामा काम गर्ने विश्वास छ ।” विशुद्ध नेपालका जेनजीको आन्दोलनमा कतिपय स्वार्थी तत्वले अनेक खेल्न खोजे पनि तिनीहरू आफैँ हराउने भन्दै उहाँले वर्तमान अन्तरिम सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको आफूले पाएको स्पष्ट पार्नुभयो ।

 

राजदूत चेनले नेपाल र चीन दुवै असंलग्नताको सिद्धान्तमा अडिग रहेको भन्दै सँगै मिलेर पारस्परिक हित र आर्थिक विकासका क्षेत्रमा अझ धेरै काम गर्न सक्ने बताउनुभयो । चीनले अपवादबाहेक सबै पञ्चवर्षीय योजनाको लक्ष्य हासिल गर्न सकेको भन्दै उहाँले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा चीनको अनुभव र भूमिका सदैव सहयोगी रहने विश्वास व्यक्त गर्नुभयो । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *